झारफुक गर्ने क्रममा टोकेर श्रीमती र छोरीको हत्या

९ कात्तिक, विराटनगर ।
इलामको देउमाई नगरपालिकामा आफ्ना श्रीमती र छोरीलाई झारफुक गरेको भन्दै टोकेर उनिहरुको हत्या गरिएको छ । झारफुक गर्ने क्रममा श्रीमती र छोरीको हत्या गरेको आरोपमा इलाम प्रहरीले इलामको देउमाई नगरपालिका– ५ बारुङका ३३ वर्षीय कमल (पूर्णचन्द्र) तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार बिहान ६ बजे उनी आफैंले झारफुक गरेका थिए । झारफुक गर्ने क्रममा उनले श्रीमती ३४ वर्षीया सिता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेका थिए । टोक्ने क्रममा नै उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।
तपाइँको प्रतिक्रिया