झ्यालवासमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

नवलपरासीको झ्यालवासमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेसनल सिटि अस्पतालको आयोजनामा तथा नवलपरासी साहायता समाज बेल्जियम, मुकुन्दशेन टेलिभिजन , रेडियो सामथ्र्य र देउरालि पुस्तकालयको सहकार्यमा शिविर सम्पन्न भएकोहो । शिविरमा देउरालि तथा आसपासका २ सय जनाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा न्युरोलोजिष्ट डाक्टर निर्मल लामीछाने हाडजोर्नि तथा नसा रोग विशेषज्ञ डाक्टर शकर ढकाल, जनरल फिजिसयिन डाक्टर केशब बुढाथोकीले स्वास्थ्य परीक्षण गर्नु भएको थियो । विरामीलाई निशुल्क औषधि वितरण गरीएको थियो ।
तपाइँको प्रतिक्रिया