टाइम्स अफ इण्डियाको हेडलाइन- ‘नेपालमा भारत ठूलो हरुवा’

नेपालमाथि भारतको अघोषित नाकाबन्दी लम्बिँदै जाँदा भारतमै पनि नेपालमाथि भारतको ब्यवहारको समीक्षा हुन थालेको छ । सञ्चार मध्यमहरुले भारतीय ब्यवहारले नेपाललाई भन्दा बढी घाटा भारतलाई भैरहेको विश्लेषणयुक्त सामग्री बढाएका छन् ।
कतिपय मिडियाले भारतीय ब्यवहारले नेपाल चीनतर्फ नजिक हुने चिन्ता ब्यक्त गरिरहेको समयमा कतिपयले नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नीति असफल भएको टिप्पणी समेत गरेका छन् ।
यसैक्रममा भारतको सबैभन्दा चर्चित अखबार टाइम्स अफ इण्डियाले ‘विभाजित नेपालमा भारत ठूलो हरुवा’ भन्ने शीर्षकमा फिचर प्रकाशित गरेको छ ।
केशव प्रधानले लेखेको उक्त फिचरमा भरतको पछिल्लो कदमले नेपाललाई भन्दा भारतलाई बढी बेफाइदा भएको र विभाजित मनस्थितिमा रहेको नेपालमा भारत हरुवा हुन पुगेको विश्लेषण गरिएको छ ।
नेपालमा अत्याधिक संख्यामा सभाषदले हस्ताक्षर गरेको संविधानलाई भारतले अस्वीकार गरेर अन्तिम समयमा दुत पठाउने कदम तथा अघोषित नाकाबन्दीले भारतप्रति नेपालमा उग्र आक्रोश पैदा भएको र अन्ततः नेपाल चीनको सहयोग खोज्ने बाटोमा उन्मुख भएको भन्दै यो फिचरमा भारत नेपालमा पराजित भएको उल्लेख छ ।
नेपालमा विभिन्न जाति समुदाय अधिकारबाट बञ्चित रहेको भएपनि भारतले संविधान अस्वीकार गरेर मधेशी प्रति देखाएको विशेष भावले नेपालमा भारतप्रति नकारात्मक भावना पैदा भएको र यो भावना इतिहासमै सबैभन्दा बढी पुगेको आलेखको निष्कर्ष छ ।
भारतको समर्थन गर्ने कांग्रेसकै नेतृत्वमा सरकार रहेको समयमा भारतीय नाकाबन्दीले प्रत्युत्पादक भूमिका खेलेको भन्दै उक्त आलेखमा काठमाडौंले अनुनय विनय गर्दा पनि लादिएको नाकाबन्दीले नेपाल चीनबाट सहयोग लिन उन्मुख भएको र यो भारतका लागि ठूलो हार भएको भनिएको छ ।
संविधान बन्ने समय सम्म आइपुग्दा नेपाल जातीय तथा क्षेत्रीय मुद्धाका कारण विभाजित अवस्थामा पुगेको र यो विभाजन बढिरहेको तर यही विभाजित नेपालमा भारतले भने आफ्नो स्थान गुमाइरहेको केशव प्रधानले लेखेका छन् ।
सन् १९८९ मा भारतले नाकाबन्दी लगाएको समय भन्दा पनि अहिले नेपालमा भारतविरोधी भावना उच्च विन्दुमा पुगेको जिकिर गरिएको लेखमा यस्तो हुनुको कारण यस पटकको भारतीय नाकाबन्दी जननिर्वाचित सरकार रहेको समयमा भएका कारण भएको भनिएको छ । भारतकै समर्थनको आधार मानिने कांग्रेस सरकारकै पालामा यस्तो हुनुले भारतले नेपालमा हार ब्यहोर्नु परेको उनको निष्कर्ष छ ।
भारत र नेपालको यो आमने सामने भिडन्तमा दुवै पक्ष पराजित पक्ष बन्ने समेत यो लेखको जिकिर छ ।
भारतीय पत्रकारको आग्रह- मोदी ! अमेरिका होइन नेपाल र पाकिस्तान हेर
भारतीय अघोषित नाकाबन्दी लम्बिँदै जाँदा भारतीय मिडियामा नेपालमा लगाइएको नाकाबन्दीले भारतलाई घाटा गरिरहेको विश्लेषण सहितका सामग्रीले प्रधानता पाएका छन् । विहीबार मात्र विविसीको हिन्दी अनलाइन संस्करणमा ‘नेपालीलाई मन नपर्ने भारतका ८ कुरा’ शीर्षको फिचर प्रकाशित गरेको थियो ।
त्यस्तै केही दिन अघि भारतकी चर्चित पत्रकार ज्योति मल्होत्राले नरेन्द्र मोदीलाई अमेरिका घुम्नुको साटो पाकिस्तान र नेपालसँग सम्बन्ध सुधार्न आह्वान गर्दै लेख प्रकाशित गरेकी थिइन् ।विविसी हिन्दीको फिचरः नेपालीलाई मन नपर्ने भारतका ८ कुरा
भारतीय विपक्षी दल कांग्रेसले नेपालमा मोदीको कुटनीति असफल भएको निष्कर्ष निकालिसकेको छ । कांग्रेस सांसद मणि शंकरले मोदीले गोयबल्स शैलीमा गरेको नेपाल प्रोपोगाण्डा असफल भएको भन्दै लेखेको लेख भाइरल भएको थियो ।
तपाइँको प्रतिक्रिया