टिकौली जंगलमा सिसि क्यामरा जडान, फोहर फाल्ने र तीव्र गतिका सवारी कार्वाहीमा पर्ने

राजेन्द्र आचार्य
चितवन, २४ असार । चितवनको टिकौली जंगलका हरेक गतिविधि सिसि क्यामरा मार्फत निगरानी गरिने भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र वरण्डाभार जोड्ने टिकौली जंगल अन्र्तगत पर्ने पूर्वपश्चिम राजमार्गको वन क्षेत्रमा सिसि क्यामरा जडान गरि निगरानी गरिने भएको हो । वन्यजन्तु संरक्षणमा चुनौती, जथाभावी फोहरमैला फाक्ने र तिव्र गतिका कारण कारण जंगली जनावर घाईते हुने र मर्ने क्रम बढे पछि सिसि क्यामरा जडान गरि निगरानी गर्न लागेको हो । जसका लागि यतिवेला धमाधाम सिसि कयामरा जडान भईरहेको छ । जिल्लाको भरतपुर उपमहानगरपालिका र रत्ननगर नगरपालिका जोड्ने चार किलोमिटर वन क्षेत्रमा राजमार्गमा १० वटा सिसि क्यामरा जडान गरिंदै निगरानी सुरु गर्न लागेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण नुरेन्द्र अर्यालले जानकारी दिए । हाल सम्म ५ वटा क्यामरा जडान भईसकेको ५ वटा जडान कार्य तिव्र गतिमा जारी छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा क्यामरा जडान गरिएको हो ।
सोलारबाट विद्युत आपूति गरि क्यामरामा कैद भएका गतिविधि शसस्त्र वन रक्षक तालिम केन्द्रमा चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय, नेपाली सेनाको श्री जंग गण, नेपाली प्रहरी र ट्राफिक प्रहरी सम्मिलित टोली निगरानी राख्नेछन् । सिसि क्यामरा जडानसँगै वन्यजन्तु आवागमन सुरक्षित हुने, सवारीको तिव्र गति नियन्त्रण हुने, जथाभावी सवारी समेत रोकिने छनै, वन्यजन्तुको सडक दुर्घटनामा हुने मृत्युमा कमी आउनेछ–चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेले भने । गैरकानुनी क्रियाकलाप नियन्त्रणमा समेत ठूलो सहयोग मिल्ने छ । सिसि क्यामराले असार अन्तिम सम्म पूर्ण रुप सञ्चालनमा निगरानी सुरु गर्ने समेत उनले बताए ।
लगातार रुपमा शुनय चोरी शिकार बर्ष मनाई रहेको निुकञ्जमा टिकौली जंगलमा निगरानी गर्दा पनि समस्या आउने खतरा थियो– श्री जंग गणका गणपति माधव थापाले भने । अब सिसि कयामरा र हाम्रो संयुक्त अप्रेशनमा यो कार्य ठूलो सहयोग मिल्नेछ ।
यस अघि निकुञ्जका विभिन्न स्थान श्री जंग गण सिसि क्यामरा जडान गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया