टुरिष्ट बस एसोसिएशन अफ् नेपाल (टिबान)मा सबै कार्यसमिति निर्विरोध निर्वाचित

टुरिष्ट बस एसोसिएशन अफ् नेपाल (टिबान)मा सबै कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।
महासचिवमा दुई जनाको दाबेदारी देखिएकोमा दीपक भट्टराई र सुशील दाहालबीच भट्टराईलाई हालको लागि महासचिव दिने सहमति भएपछि टिबानको सबै कार्यसमिति निर्विरोध निवाचित भएको हो । भट्टराई टिबानको साधारण सदस्य मात्र थिए भने दाहाल वर्तमान महासचिव हुन् । शनिवार संघको पाँचौं बार्षिकसाधारणसभा समेत सम्पन्न भएको छ ।
टिबानको नयाँ कार्यसमिति संस्थापक अध्यक्ष समेत रहेका श्रीकान्त आचार्यको अध्यक्षतामा चयन भएको छ । जसमा प्रथम उपाध्यक्षमा ईश्वर शर्मा उपाध्याय, द्वितीय उपाध्यक्षमा अर्वेन्द्र खत्री, कोषाध्यक्षमा शिशिर खनाल सर्वसम्मत भएका छन् भने सदस्यहरुमा भिष्म न्यौपाने र टेकनाथ आचार्य चयन भएका छन् ।
नौ सदस्यीय कार्यसमिति रहने टिबानमा एक जना अध्यक्षले मनोनित गर्नेछन् भने एक जना निवर्तमान अध्यक्ष रहने व्यवस्था छ । हालका अध्यक्ष राजन भुजेल रहेका छन् ।
तपाइँको प्रतिक्रिया