टुरिस्ट उम्मेदवारलाई प्राथमिकता नदिने लुम्बिनी काँग्रेसको निर्णय, केन्द्रलाई दबाब नदिन आग्रह

रुपन्देही, भाद्र २१
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले टुरिस्ट उम्मेदवारलाई प्राथमिकता नदिने निर्णय गरेको छ ।
आफ्नो निर्वाचन क्षेत्रको व्यक्तिलाई अर्कार्को निर्वाचन क्षेत्रमा नपठाउन र अर्काको निर्वाचन क्षेत्रको ब्यक्तिलाई आफ्नोमा नपठाउन नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले बैठकबाट नै आग्रह गरेका छन् ।
लोकप्रिय व्यक्तिलाई प्रथामिकताका साथ उम्मेदवार सिफारिस गरिने र उम्मेदवार छनोटमा पद्धति र स्थानीय कार्यकर्ताको भावना र मागबमोजिम गरिने त्यसमा केन्द्रले दबाब दिन नहुने बताए ।
निर्वाचनपछि कांग्रेसले बहुमतसहित लुम्बिनी प्रदेश सरकार निर्माण गर्ने र कांग्रेसकै नेतृत्वमा प्रदेशको विकास हुने बताउँदै उनले सक्षम, लोकप्रिय र सक्रिय युवालाई उम्मेदवार बनाइने धारणा राखेका छन् ।
तहगत सिफारिस भई आएका उम्मेदारहरूको नामावली प्रदेश समितिको सुझावसहित केन्द्रिय समितिमा पठाउने, २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ५२ प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्नो नेतृत्वमा गठबन्धन दलले २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मतभार तथा पार्टीको संगठनिक स्थितिलाई मुल्यांकन गरेर निर्वाचन क्षेत्र बाँडफाँट गरी सोही क्षेत्रका उम्मेदारलाई प्राथमिकता दिने सोमबारको बैठकले निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रिया