ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै भाडाका यातायात बन्द

नवलपरासी जेठ,१३,ट्राफिक नियम उल्लङ्घन गरेकोमा लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले नवलपरासी सहित देशका सबै जिल्लाहरुमा विहिवार बिहानैदेखि सवारी साधानहरु संञ्चालन हुन सकेनन । यातायात व्यवसायीहरुले ट्राफिक प्रहरी शुल्क रु २५ देखि २०० सम्मलाई जेठ १ गतेदेखि लागू हुनेगरी रु ५०० देखि रु एक हजार ५०० सम्म पुर्याएको भन्दै बिरोध स्वरुपम सवारी साधानहरु नचलाएका हुन् । लामो तथा छोटा दुरीका सावारी साधन सञ्चालन हुन नसक्दा यात्रुहरुले सास्ती खेप्नु परेको थियो । उता काठमाडौँ उपत्यकामा अत्यावश्यक सवारीसाधनबाहेक अरू कुनै पनि भाडाका सार्वजनिक सवारीसाधन नचलेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले जानकारी दिनुभयो । विसं २०७२ असोज १४ गते ट्राफिक ऐन संशोधन गरी ट्राफिक नियम उल्लङ्घन गर्नेलाई यही जेठ १ गतेदेखि लागू हुनेगरी ट्राफिक जरिवाना वृद्धि भएको
तपाइँको प्रतिक्रिया