ठट्टा , रमाइलो गर्दै मनोरञ्जन गर्ने जात्रा, रोपाईं जात्रा चितवनमा

चितवन भाद्र ७, कला र संस्कृतिको संरक्षणमा क्रियाशील रहेको संस्था नारायणी कला मन्दिरले अघिल्ला वर्ष झै यसवर्ष पनि जात्रा निकाल्ने भएको छ । महाकृष्ण जन्मअष्टमीका अवसरमा भदौ ९ गते रोपाईं जात्रा निकाल्न लागिएको हो । नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वको रुपमा मनाइने रोपाईं जात्रा धान रोप्ने काम सकिएको खुसियालीमा निकाल्ने गरिन्छ । नाटकीय शैलीमा प्रदर्शन गर्दै ठट्टा, रमाइलो गर्दै मनोरञ्जन गर्ने अवसरको रुपमा रोपाईंजात्रा मनाउने गरिन्छ । कला मन्दिरले नारायणगढमा पत्रकार सम्मेलन गरी तयारी तीव्र पारिएको जनाइएको छ । भदौ ९ गते नारायणी कला मन्दिर परिसरबाट सुरु हुने रोपाईं जात्राले नारायणगढका विभिन्न क्षेत्र परिक्रमा गर्ने कार्यक्रम संयोजक सुवीर श्रेष्ठले जानकारी दिए । नारायणी कला मन्दिर, बालकुमारी स्कूलचोक, पुतलीबजार, मिलनरोड, संगमचोक, पुलचोक, मेनरोडलगायत क्षेत्रमा परिक्रममा गरिने संयोजक श्रेष्ठले जानकारी दिए । पञ्चेबाजाको धुनमा रोपाईं गरेको अभिनय गर्दै सडकमा जात्रा निकालिने कला मन्दिरका अध्यक्ष उमेश अधिकारीले जानकारी दिए । कृषि पेशामा आधारित नेपाली जनजीवनको सजीव चित्रण जात्रा प्रहसन गरिने उहाले बताउनुभयो । नारायणी कला मन्दिरले २०५६ सालदेखि नारायणगढमा वर्से्नि रोपाईं जात्रा गदै आएको छ । गतवर्ष १ सय ७० जना सजिएर जात्रामा सहभागी भएका थिए ।
तपाइँको प्रतिक्रिया