ठुलो परिमाणमा अबैध कुखुराका चल्ला बरामद

पुरुषोत्तम सुबेदी
नवलपरासी , १३ भदौ । नवलपरासीमा सशस्त्र प्रहरीको गस्ती टोलीले ठुलो परिमाणमा अबैध कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ । शशस्त्र प्रहरी बेश क्याम्प सेमरीको टोलीले बरामद गरी करिब १० लाख मुल्य बराबरको भारतिय कुखुराका चल्लालाई आईतबार बरामद गरी नष्ट गरेको हो ।
टोलीले जहदा गाविस वार्ड नम्बर ५ धनेवा बाट शशस्त्र प्रहरी नायक निरिक्षक अंगद हरिजनको नेतृत्वमा रहेको गस्ती टोलीले १६७ कार्टुन कुखुराको बरामद गरेको बरामद गरिएका भारतीय कुखुराका चल्लालाई पशु क्वारेन्टाइनका कर्मचारी , पत्रकार स्थानीयहरुको रोहबरमा नष्ट गरेको छ ।
नवलपरासीको दक्षिणी नाकाहरु बाट पटकपटक कुखुराको चल्ला भित्रिने गरेको विभिन्न समाचार माध्यम मा प्रकाशन भएपछि प्रहरीले नाकाहरुमा छड्के गस्ती सुरु गरेको थियो । केही नाकाहरुमा अहिले पनि कुखुराको चल्ला भित्रिने क्रम नरोकिएको स्थानियहरुको गुनासो रहेको छ ।
तपाइँको प्रतिक्रिया