डीडीसीले बढायो दूध र घ्यूको मूल्य

२०७४ श्रावण ३२
सरकारी स्वामित्वको दूध विकास संस्था डीडी सीले उपभोक्तालाई लक्षित प्रशोधित दूधको भाउ बढाएको छ । डीडी सीले बिहीबार देखि लागू हुने गरी प्रशोधित दूधको मूल्य प्रति प्याकेट ६ रुपैयाँले बढाएको छ । किसानहरुले दूधको लागत बढेकाले मूल्य बढाउन माग गरेपछि कृषकको हितलाई मध्यनजर गर्दै दूधको भाउ बढाउनु परेको डीडी सीका सूचना अधिकृत डा ईश्वरी प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार बढाइएको मूल्य ६ रुपैयाँको ७१ प्रतिशत अर्थात ४ रुपैयाँ २६ पैसा किसानले पाउनेछन् भने २९ प्रतिशत अर्थात १ रुपैयाँ ७४ पैसा डीडी सीले पाउनेछ ।
तपाइँको प्रतिक्रिया