डेंगु नियन्त्रणका लागि सरकारको उदासिनता प्रति काँग्रेस महामन्त्री थापाको असन्तुष्टि

काठमाडौं, असोज ०४
नेपाली काँग्रेसका नेता गगनकुमार थापाले डेंगु नियन्त्रणका लागि सरकारको उदासिनता प्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
सत्तारुढ प्रमुख घटक नेपाली काँगे्रसका महामन्त्री समेत रहनुभएका थापाले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको हो ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहनु भएका उहाँले स्थानीय सरकारले समेत डेंगु महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गर्नु भयो ।
कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरेपनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरुको भने निर्माण गर्न नसकेको उहाँको भनाई थियो ।
काठमाडौंमा सीमित रहेको डेंगु रोग देशभर फैंलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीन वटै तहका सरकारले गम्भिरतापूर्वक काम गर्नुपर्ने बताउनु भयो ।
तपाइँको प्रतिक्रिया