‘ड्रिम्स’ पाईरेसी गर्ने पक्राउ, हाईलाईट्स नेपालकै संलग्नता रहेको खुलासा

फिल्मीखबर, काठमाडौं २०,फिल्म ‘ड्रिम्स’को पाईरेसी युट्युव तथा भिसिडी अधिकारको जिम्मा लिएको हाईलाइट्स नेपालबाटै भएको खुल्न आएको छ । निर्माण टिमको अगुवाईमा प्रहरीले गरेको अनुसन्धानबाट हाईलाईट्स नेपालकै कर्मचारीले फिल्म आउट गरेको रहस्य खुलेको हो । अपराध अनुसन्धान महासाखाको टोलीले अन्ततः फिल्मको अधिकार प्राप्त कम्पनिबाट नै पाईरेसी भएको रहस्य पत्ता लगाएको थियो । ततःपश्चात हाईलाईट्सका दुई कर्मचारी विधान गुरुङ र चन्द्र नवाजु पाईरेसीमा संलग्न भएको पाईएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । बुधबार नै हनुमानढोकामा भएको छलफलपछि हाईलाईट्स नेपालले क्षतिपुर्ती बेहोर्नेगरी प्रहरीले निर्माण टिम र हाईलाईट्सबीच सहमति भएको बताईएपनि अन्ततः मुद्धा अदालतमा पुग्ने भएको छ । निर्देशक भुवन केसीले यो कुराको पुष्टि गरे । निर्माता समेत रहेका केसीले केहि दिन पहिले मात्रै १ करोड क्षतिपुर्ति माग गर्दै पाईरेसीमा संलग्नलाई पक्राउन गरि सजाय दिलाईपाउँ भन्दै उजुरी दर्ता गरेका थिए । तर हाईलाईट्सले कति क्षतिपुर्ति दियो भन्ने खुलाईएको छैन् । १४ लाखमा कम्पनिले ‘ड्रिम्स’को भिसिडी र युट्युव राईट्स किनेको थियो । केहि हप्ता पहिले फिल्मीखबरले नै ‘ड्रिम्स’ पाईरेसीको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो । पछिल्लो एक बर्षमा मात्रै आधा दर्जनजति फिल्म पाईरेसी भईसक्दा अन्य फिल्म पाईरेसिको गिरोह भने पत्ता लागेको छैन् ।
तपाइँको प्रतिक्रिया