तटवन्धको पखाईमा नवलपरासी गुन्द्रही किनारका स्थानीय

सावित्री रेग्मी । बैशाख ३१,
बर्षातको समय सुरु भएसंगै नदि नाला तथा खोला आसपासमा वसोवास गर्ने स्थानियहरु बढी पहिरोको समस्याले निकै सताउने गर्दछ । यस्ता किसीमका समस्याहरुवाट नवलपरासी जिल्ला पनि अछुतो भने छैन । यो जिल्लाका अधिकांस स्थानहरु बर्षतको समय सुरु भए पछि डुवान ,जमिन कटान,बाढी पहिरो लगाएतका समस्या हुने गर्दछ । यसै मध्येको कावासोति नगरपालिकामा रहेको गुन्द्रहि खोला पनि एक हो । यो खोलाले हरेक वर्ष त्यहांका स्थानियहरुलाई निकै त्रसित वनाएको छ । अन्य समयमा सामान्य देखीने खोला बर्खाको समय सुरु भए संगै ठुलो रुप लिने गर्दछ । वार को पार सम्मै हुने गरि वाढी आउंदां गाउंनै जोखीममा परेको स्थानियहरु वताउंछन । पहिला खोला मध्येवर्तिको क्षेत्र हुदै वग्ने गर्दथ्यो भने यतिवेला गाउंतर्फको क्षेत्र कटान गर्दै लगीरहेको छ ।भने खेतियोग्य जमिनपनि कटान गरेको छ ।यसरी बर्षेनि खोलाले जमिन कटान गर्दै जांदा गाउं वस्तिपनि कटान गर्ने हो कि भन्ने डर रहेको स्थानियहरु बताउंछन ।
खोला सानो थियो अनि आफुहरुले खेतिपाती गर्ने स्थानवाट पनि टाढै रहेको खोला बर्षे पिच्चे जमिन कटान गरेर खोला पनि ठुलो हुदै गएको स्थानिय चन्द्रवाहादुर वोटेले वताए ।खोलाले कटान गरेर लगेको वाकि जग्गामाखेति खेति गरेपछि फेरी बाढीले लाने होकि भन्ने चिन्ता हुने भएकाले बांझै राख्नुपर्ने अवस्था आएको छ । यसको साथै पहिले खेति पाति गरेर अन्न भित्राउने गरेको राम्रो उर्वर भुमिमा अहिले खोला बगीरहेको समेत उनले गुनासो गरे ।
यसरी वर्षेनि यहांको उर्वर भुमि खोलाले कटान गर्दै लैजांदा नि संवन्धित निकायले त्यस्तो प्रभावकारी कदम चाल्न सकेको छैन । यस अघि बांसको किला गाडेर सामान्य वांघ बाधिएको भएपनि त्यसलाई खोलाले वगाएर लगेको छ । खोला वाट नदिजन्य वस्तु गिटि वालुवा निकाल्दा समेत अझ जोखीम बढेको छ । धेरै संघ संस्थाहरुले सहयोग गर्दै आउको भएपनि त्यत्ति प्रभावकारी हुन नसकेको स्थानिय वोटे वताउंछन ।
यो खोलाको कारण यहांको वस्ति नै जोखीममा परेको छ । त्यसैले यसलाई ब्यवस्थित गर्नको लागी पछिल्लो समय विभिन्न संघ संस्थाको सहयोग समेत जुटिरहेको र अव का दिनमा खोलावाट हुने जोखीम कम गर्नका लागी विभिन्न किसीमका योजनाहरु वनाएर ,सोहि अनुरुपका कार्यहरुलाई छिटै अगाडी बढाउने वाघखोर विपद ब्यवस्थापन समितीको अध्यक्ष मिठुमायां वोटे ले जानकारी दिनुभयो ।
यो त एउटा उदाहरण मात्र हो । जिल्लाका अधिकांस स्थानहरु राम्रो तटवन्धन तथा ब्यवस्थित गर्न नसक्दा डुवानका तथा कटानको समस्या बढी हुने गरेको छ । बर्खा लागेपछि कुन समयमा बढी गाउंमा पस्छ भन्ने चिन्ताले रातभरी नसुतेर बस्न बाध्य छन । नदी तटिय क्षेत्रमा वसोवास गर्ने स्थानियहरु । यस्तो समस्याको चपेटामा पिरोल्लिरहेका सर्वसाधरणहरुको समस्याप्रति सम्वन्धित निकायको ध्यान कहिले जाला ????
तपाइँको प्रतिक्रिया