तमलोपाको महाधिवेशनमा स्वदेशी देखी बिदेश सम्मका पाहुनाहरु

पुरुषोत्तम सुबेदी
नवलपरासी , ६ असार । आजबाट नवलपरासीमा सूरु हुन लागेको तराई मधेश तरालोकतान्त्रिक पार्टी ( तमलोपा ) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा भाग लिन स्वदेशी देखी बिदेश सम्मका पाहुनाहरु आउदैछन् । बिहान ११ बजेबाट शुरु हुने भनिएको दिनको उद्घाटन शत्रमा भाग लिन े बिभिन्न देशबाट राजनितिक दलका नेताहरु , यूरोपीयन युनियनका केहि देशका राजनितिक प्रतिनिधीह्रु र कुटनितिक बिदेशी पाहुनहरु आउने कार्यक्रम रहेको तमलोपाका केन्द्रिय बरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले बताउनुभयो ।
महाधिबेशनको उद्घाटन शत्रमा शुभकामना ब्यक्त गर्न प्रधानमन्त्री एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ,काÒग्रेस सभापति एवंम् पुर्ब प्रधानमन्त्री शेरवहादुर देउवा समेत आउने कार्यक्रम पक्का भएको आयोजक जिल्ला तमलोपा नवलपरासीका उपाध्यक्ष पुरन चौधरीले बताउनुभयो ।
यस वाहेक अन्य दलका शिर्ष नेतालाई पनि पत्राचार गरिएको छ । उपाध्यक्ष चौधरीले भन्नुभयो । अन्य नेताहरुपनि आउनुहुन्छ होला साथै उद्घाटन शत्रमा शुभकामना सन्देश राख्न बिभिन्न १४ राष्ट्रका राजदुतहरु आउने कार्यक्रम जारी छ । बिहान ११ बजेदेखी सांझ ५ बजेसम्म उद्घाटन शत्र चल्ने छ ।
महाधिबेशनको उद्घाटनशस्त्र जिल्लाको सदरमुकाम परासी स्थित आर्दश उच्च मा.वि.को पाङ्गणमा हुने छ भने बन्द शस्त्र पनि सोही स्थानमा हुने पार्टीले जनाएको छ । बिशेषगरी तमलोपाको महाधिबेशन नजिकिदै जादा जिल्लामा शान्ती सुरक्षा समेत कडा बनाईएको छ ।
नारायणी पश्चिम संम्भवत पहिलो पटक मधेशबादी दल महाधिबेशन यस क्षेत्रमा हुन लागेको हो । महाधिबेशनमा देशभरीबाट १ हजार ५ सय प्रतिनिधी र परिबेक्षक आउने छन् ।
महाधिबेशनमा भाग लिन पार्टीका अध्यक्ष महन्त ठाकुर , बरिष्ठ उपाध्यक्ष त्रिपार्ठी , पार्टीका प्रबत्ता एवंम् पार्टीका महासचिब सर्बेन्द्रनाथ शुक्ला सहित एक दर्जन शिर्ष नेताहरु यस अगाबै नवलपरासी आईपुगीसकेका छन् ।
त्रिपाठीका अनुसार यस पटक पनि पार्टीको नेतृत्व बर्तमान अध्यक्ष महन्थ ठाकुरलेनै पार्टीको आगामी नेतृत्व लिने पक्का छ । यस पटकको महाधिबेशनमा पार्टीको संसोधीत बिधानमा तराईमा २ प्रदेश सहितको ७ वटा प्रदेश पार्टीको बिधानमा उल्लेख गरी राजनितिक दस्ताबेद तयार गरिने जनाईएको छ । साथै यस पटकको पार्टीको निर्वाचन अन्तर्गत पार्टीको सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने पार्टी स्रोत जनाएको छ ।
बिशेषगरी संबिधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टीको स्वरहरु वाहीर आईरहदा तमलोपाको यस महाधिबेशनलाई बिशेष चासोको रुपमा हेरिएको छ ।
महाधिबेश हुन लागेको जिल्ला नवलपरासी पार्टीका बरिष्ठ उपाध्यक्ष त्रिपार्ठी गृह जिल्ला हो । त्रिपाठी महाधिबेशन सफल बनाउन दुई महिनादेखी नवलपरासी हुनुहुन्छ । सोमबारबाट सुरु हुने महाधिबेशन असार ८ नयां नेतृत्व चयन गर्दै सकिने छ ।
तपाइँको प्रतिक्रिया