तमलोपा को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत बन्द सूरु

परासी ७, नवलपरासीमा जारी तराई मधेस लोकतान्त्रिक पार्टी ( भएको छ । बिशेषगरी बन्द शत्रमा पार्टीको बिधान संसोधन , पार्टीको नयां दस्ताबेद , मधेशी आन्दोलनको समिक्षा र भावी योजनासाथै पार्टीको सँगठनात्मक संरचना बिषयमा छलफल हुने आयोजक जिल्ला नवलपरासी तमालोपाका उपाध्यक्ष पुरन चौधरीले बताउनुभयो । महाधिवेशनको बन्द शत्र सदरमुकाम परासीस्थित आर्दश उच्च माविको प्राङ्गणमा जारी छ । आज दिनभरीमा पार्टीको बिधान पारित , राजनितिक दस्ताबेद पारितभएपछि भोली बिहानबाट नयाँ नेतृत्वका लागी निर्वाचन प्रकृया अघि बढ्ने पार्टी स्रोतले जनाएको छ । यस पटकको पार्टीको निर्वाचनअन्तर्गत पार्टीको सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने पार्टी स्रोत जनाएको छ । पार्टीका बरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीका अनुसार यस पटक पनि पार्टीको नेतृत्व बर्तमान अध्यक्ष महन्थ ठाकुरलेनै पार्टीको आगामी नेतृत्व लिने पक्का छ । यस पटकको महाधिबेशनमा पार्टीको संसोधीत बिधानमा तराईमा २ प्रदेश सहितको ७ वटा प्रदेश पार्टीको बिधानमा उल्लेख गरी राजनितिक दस्ताबेद पारिने गरिएको पार्टी स्रोतले जनाएको छ । महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक सहभागी छन् । विशेष गरी संविधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टिको स्वर बाहिर आइरहँदा तमलोपाको यस महाधिवेशनलाई विशेष चासोको रुपमा हेरिएको छ । तमलोपाको महाधिवेशन का कारण जिल्लामा शान्ति सुरक्षासमेत कडा बनाइएको छ । महाधिवेशन असार ८ नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।
तपाइँको प्रतिक्रिया