तमलोपा को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी पुरा

परासी ५,सोमबारबाट नवलपरासीमा सूरु हुन लागेको तराई मधेश तरालोकतान्त्रिक पार्टी ( तमलोपा ) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । महाधिबेशनलाई भब्य रुपमा सफल बनाउन महाधिबेशनको उद्घाटन शत्र देखी समापन समारोह सम्मको कार्यक्रम सफलन बनाउन आउने प्रतिनिधी परिबेक्षक तथा पाहुनहरुको खाना पान सहित आवासको ब्यस्थापन तयारी पुरा भएको हो । यस बाहेक महाधिबेशन भर आवश्यक प्रचार प्रसार , यातायात , सहित सबै तयारी पुरा भएको आयोजक जिल्ला तमलोपा नवलपरासीका उपाध्यक्ष पुरन चौधरीले बताउनुभयो । सोमबारबाट सुरु हुने महाधिबेशन असार ८ नयां नेतृत्व चयन गर्दै सकिने छ । महाधिबेशनको उद्घाटन शत्रमा शुभकामना ब्यक्त गर्न प्रधानमन्त्री एवंम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ,काÒग्रेस सभापति एवंम् पुर्ब प्रधानमन्त्री शेरवहादुर देउवा समेत आउने कार्यक्रम पक्का भएको पार्टीले जनाएको छ । यस वाहेक अन्य दलका शिर्ष नेतालाई पनि पत्राचार गरिएको छ । उपाध्यक्ष चौधरीले भन्नुभयो ¾ अन्य नेताहरुपनि आउनुहुन्छ होला साथै उद्घाटन शत्रमा शुभकामना सन्देश राख्न बिभिन्न १४ राष्ट्रका राजदुतहरु आउने कार्यक्रम ® छ । नारायणी पश्चिम संम्भवत पहिलो पटक मधेशबादी दल महाधिबेशन यस क्षेत्रमा हुन लागेको हो । महाधिबेशनमा देशभरीबाट १ हजार ५ सय प्रतिनिधी र परिबेक्षक आउने छन् । यस बाहेक सार्क राष्ट्रसहित बिभिन्न देशबाट राजनितिक दलका नेताहरु , यूरोपीयन युनियनका केहि देशका राजनितिक प्रतिनिधीह्रु साथै केही कुटनितिक बिदेशी पाहुनहरु आउने कार्यक्रम रहेको तमलोपाका केन्द्रिय बरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले बताउनुभयो । महाधिबेशनको पुर्बसन्ध्यामा सदरमुकाम परासी बजार सहित आसपासका बजारहरु समेत महाधिबेशनको प्रचारमुखी कुरा उल्लेख गरिएको वालपेन्टीङ्ग , पोष्टरपम्पलेटीङ्ग, ब्यानर द्धारा सजीसजाउ पारिएको छ । महाधिबेशनको प्रचार प्रसारका लागि वालपेन्टीङ्ग , पोष्टरपम्पलेटीङ्ग, ब्यानर प्रयोग गरिएको छ । जसका कारण जिल्लाको सदरमुकाम परासी बजार यतिबेला पुर्णरुपमा तमलोपाको महाधिबेशन प्रचारमय बनेको हो । महाधिबेशनको उद्घाटनशस्त्र जिल्लाको सदरमुकाम परासी स्थित आर्दश उच्च मा.वि.को पाङ्गणमा हुने छ भने बन्द शस्त्र पनि सोही स्थानमा हुने पार्टीले जनाएको छ । बिशेषगरी तमलोपाको महाधिबेशन नजिकिदै जादा जिल्लामा शान्ती सुरक्षा समेत कडा बनाईएको छ । महाधिबेशनमा भाग लिन पार्टीका अध्यक्ष महन्त ठाकुर , बरिष्ठ उपाध्यक्ष त्रिपार्ठी , पार्टीका प्रबत्ता एवंम् पार्टीका महासचिब सर्बेन्द्रनाथ शुक्ला सहित एक दर्जन शिर्ष नेताहरु यस अगाबै नवलपरासी आईपुगीसकेका छन् । त्रिपाठीका अनुसार यस पटक पनि पार्टीको नेतृत्व बर्तमान अध्यक्ष महन्थ ठाकुरलेनै पार्टीको आगामी नेतृत्व लिने पक्का छ । यस पटकको महाधिबेशनमा पार्टीको संसोधीत बिधानमा तराईमा २ प्रदेश सहितको ७ वटा प्रदेश पार्टीको बिधानमा उल्लेख गरी राजनितिक दस्ताबेद तयार गरिने जनाईएको छ । साथै यस पटकको पार्टीको निर्वाचन अन्तर्गत पार्टीको सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने पार्टी स्रोत जनाएको छ । बिशेषगरी संबिधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टीको स्वरहरु वाहीर आईरहदा तमलोपाको यस महाधिबेशनलाई बिशेष चासोको रुपमा हेरिएको छ । तसर्थ यो महाधिबेशनले देशलाई सम्बृद्धि तर्फ माथी उठाउन मदद्त मिल्ले आम सर्बसाधारणले अपेक्षा गरेका छन् । महाधिबेश हुन लागेको जिल्ला नवलपरासी पार्टीका बरिष्ठ उपाध्यक्ष त्रिपार्ठी गृह जिल्ला हो । त्रिपाठी महाधिबेशन सफल बनाउन दुई महिनादेखी नवलपरासी हुनुहुन्छ ।
तपाइँको प्रतिक्रिया