तमासपुरमा खसी बोका विक्री तथा संकलन केन्द्र उद्घाटन

कावासोती २८ भदौ ।
नवलपरासीको नयाँ बेलहानी २ तमासपुरमा खसी बोका विक्री तथा संकलन केन्द्र सञ्चालनमा आए छ ।
तमासपुरमा रहेका बाख्रापालन किसानहरुको बजारलाई ध्यानमा राखी खसी बोका विक्री तथा संकलन केन्द्र खोलिएको हो । अरुणज्योति सामाजिक उद्यमी महिला सहकारी संस्थाको दोस्रो साधारण सभाको अवसरमा विक्री केन्द्रको उद्घाटन गरिएको हो । यहाँ सहकारीमा आवद्ध एक हजार दुई सय ८ घर मध्ये अधिकांशले बाख्रा पालन गरिएको छ । यहाँ खसी बोका विक्री केन्द्र खोलिएपछि यहाँका किसानहरुलाई बाख्रा विक्रीका लागि सहज हुने महिला सरकारीका अध्यक्ष धनमाया लामाले बताइन् । हेफर इन्टरनेशनल नेपाल, हिमवन्ती नेपाल, नयाँ बेलहानी गाविस लगायतको सहयोगमा साढे ११ लाखको लागतमा विक्री केन्द्रको भवन निर्माण गरिएको हो ।
तपाइँको प्रतिक्रिया