तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा ताप्लेजुङमा एकको मृत्यु

वैशाख २, ताप्लेजुङ
तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा ताप्लेजुङमा एकको मृत्यु भएको छ । भीरबाट झरेको ढुङ्गाले लागेर उक्त ब्यक्तिको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ज्यान जानेमा आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङ रहेका छन् । आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए । आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको छ ।
घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।
तपाइँको प्रतिक्रिया