तरकारीमा आत्मनिर्भर बन्दै हुप्सीकोट गाँउपालिका – कृषि क्षेत्रको बिकासका लागि गाँउपालिका बाट ३० लाख बजेट बिनियोजन

सबिता तिवारी
हुप्सीकोट असार –१५
नवलपुरको हुप्सीकोट गाँउपालिका जहाँ प्रशस्तै रुपमा तरकारी खेती गरीन्छ । तरकारीको पकट क्षेत्रका रुपमा समेत रहेको उक्तm गाँउपालिकामा अधिकांशको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती रहेको छ । केहीले आम्दानीका लागि त केहीले घरयासी आवश्यकता पु¥याउनका लागि तरकरी खेती गर्दै आएका छन् । उर्वरा थलोको रुपमा रहेको हुप्सीकोट गाँउपालिकाका अधिकाशं व्यवसाहीक किशानहरुले राष्ट्रिय स्तरको पुरस्कार पनि प्राप्त गरेका छन् ।
तरकारीमा आत्म निर्भर बन्दै गएका हुप्सीकोटका स्थानियलाई गाँउपालिकाले पनि केहीं सहयोग गर्दै आएको छ । किसानकै प्रोत्साहन र कृषि क्षेत्रको बिकासका लागि गाँउपालिकाले ३० लाख बजेट छुट्याएको छ । व्यवसाहीक कृषकलाई प्रोत्साहन गर्न सकियो भने गाँउपालिका बिकासका लागि सहज हुने गाँउपालिकाकि प्रमुख लक्ष्मी देवी पाण्डेले बताउनु भयो । कृषि संगै पशुपालनका लागि पनि गाँउपालिका उपयुक्तm ठाँउका रुपमा रहेको हुदाँँ पशुपालकलाई प्रोत्साहन स्वरुप केही मात्रामा बजेट बिनियोजन गरीएको पाण्डेले बताउनु भयो ।
स्वदेशमा सम्भावना नदेखेर बिदेश गई कृषि क्षेत्रमै काम गर्न बाध्य कयौं किसानलाई प्रेरणाका स्वरुप कृषि क्षेत्रलाई प्रथामिकतामा राखेर गाँउपालिका अघि बढेको उहाँले बताउनु भयो । गत वर्ष पनि किसानलाई ५० प्रतिशत अनदान दिने गरी कृषि क्षेत्रमा सम्बन्धीत बिभिन्न कार्यक्रमहरु आयोजना गरीएको उहाँले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया