राष्ट्रिय निकुञ्जको सीसीक्यामरा प्रयोगमा

चितवन १५,दुर्लभ वन्यजन्तुको निगरानीका लागि चितवन राष्ट्रिय निकुञ्जले सीसीक्यामरा प्रयोगमा ल्याएको छ । निकुञ्जका संवेदनशील क्षेत्रहरुमा निकुञ्जले सिसीक्यामरा जडान गरेको हो । निकुञ्जभित्रका विभिन्न पाँच स्थानमा सीसीक्यामरा राखेर बाघगंैडा जस्ता दुर्लभ वन्यजन्तुहरुकोे अनुगमन भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले जानकारी दिए । अहिले नेपाली सेनाको व्यारेकमा सिसीक्यामराको मनिटर राखेर सेनामार्फत बाघगैंडाको निगरानी राखिएको र मनिटर राख्नका लागि निकुञ्ज र सेनाको संयुक्त निगरानी गर्ने गरी संयुक्त कन्टोल रुम बनाइने प्रमुख संरक्षण अधिकृत कंडेलले वताउनुभयो । कडेलका अनुसारे सिसीक्यामरा विशेष त बढी मानिस ओहोरदोहोर हुने नाकाहरुमा राखिएको र यसलाई क्रमशः बढाउँदै लैजाने तयारीमा निकुञ्ज रहेको र निकुञ्जभित्र अनाधिकृत रुपमा प्रवेश गर्ने नागरिकका गतिविधि र वन्यजन्तुहरु कसरी निकुञ्जमा ओहोरदोहोर गरेका छन् भन्ने बारेमा निगरानी राख्न सिसीक्यामरा प्रभावकारी हुने कंडेलले जानकारी दिनुभयो । पछिल्लो गणनाअनुसार चितवन निकुञ्जमा ६०५ गैंडा र १२१ बाघ छन् । ९३२ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जमा जडान गरिएको सिसीक्यामरा संरक्षणका लागि प्रभावकारी हुने विश्वास गरिएको छ ।
तपाइँको प्रतिक्रिया