तराई–मधेसको असन्तुष्टिलाई सम्बोधन गरेर मुलुकलाई निकास दिन सरकारलाई कांग्रेसका महामन्त्री प्रकाशमान सिंहको सुझाव

नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले तराई–मधेसको असन्तुष्टिलाई सम्बोधन गरेर मुलुकलाई निकास दिनुपर्ने बताउनुभएको छ । बडादसैंको अवसरमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर–१ ले मंगलबार काठमाडौमा गरेको चियापानमा कार्यक्रममा महामन्त्री सिंहले तराईमा देखिएको राजनीतिक असन्तुष्टिलाई सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताउनुभएको हो ।उहाले व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव चाँडो पारित गरेर समस्या समाधान गर्न सरकारलाई सुझाव दिनुभयो । महामन्त्री सिंहले मुलुकलाई निकास दिन सत्तारुढ दलहरु इमान्दार नदेखिएको आरोप पनि लगाउनुभयो । महामन्त्री सिंहले भारतसँग राजनीतिक तथा कुटनीतिकरुपमा छलफल गरी सिमानाकामा देखिएको समस्या समाधान गर्न सुझाव दिनुभयो ।
तपाइँको प्रतिक्रिया