तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्र सुरु

परासी ६, नवलपरासीमा आजदेखि सुरु भएको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्र सुरु भएको छ । महाधिवेशनको उद्घाटन शत्र जिल्लाको सदरमुकाम परासीस्थित आर्दश उच्च माविको प्राङ्गणमा सुरु भएको हो । महाधिवेशनको एक समारोह बिच पार्टीका अध्यक्ष महन्थ ठाकुरले पानशमा दिप प्रज्वलन गरी उद्घाटन गर्नूभएको थियो । महाधिबेशनको उद्घाटन भए लगतै पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले शुभकामना ब्यक्त गरेर कार्यक्रम स्थलबाट वाहीरीनुभएको थियो । महाधिबेशनको उद्घाटन शत्रमा सोमवारसम्म राप्रपाका पुर्ब अध्यक्ष एवंम् पुर्ब मन्त्री पशुपती शमशेर जवरा , केन्द्रिय उपाध्यक्ष भाजपा ( भारत ) एवंम् पुर्ब मुख्य मन्त्री भगतसिंह कोसियारी , पुर्ब मन्त्री एवम् राष्ट्रिय जनता दल ( भारत ) केन्द्रिय उपाध्यक्ष रघु बंश प्रसाद सिंह लगाएतले शुझकामना दिईसक्नुभएको छ । उद्घाटन शत्रमा अन्य स्वदेशी र बिदेशी पाहुनाहरुले शुभकामना ब्यक्त गर्ने क्रम जारी छ । महाधिवेशनमा देशभरिबाट एक हजार ५०० प्रतिनिधि र परिवेक्षक सहभागी छन् । यस पटकको पार्टीको निर्वाचनअन्तर्गत पार्टीको सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन पद्धतिबाट हुने पार्टी स्रोत जनाएको छ । विशेष गरी संविधान जारी भएपछि तराईमा देखिएको केही असन्तुष्टिको स्वर बाहिर आइरहँदा तमलोपाको यस महाधिवेशनलाई विशेष चासोको रुपमा हेरिएको छ । तमलोपाको महाधिवेशन का कारण जिल्लामा शान्ति सुरक्षासमेत कडा बनाइएको छ । आजबाट सुरु हुने महाधिवेशन असार ८ नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।
तपाइँको प्रतिक्रिया