तातोपानी नाका खुलाउन अनेरास्ववियुका कार्यकर्ता सिन्धुपाल्चोक

भूकम्पका कारण पाँच महिनादेखि बन्द तातोपानी नाका खुलाउन अनेरास्ववियुका कार्यकर्ता सिन्धुपाल्चोक गएका छन् । बाटो खुलाउने औजारसहित अखिल कार्यकर्ता काठमाडौंको भृकुटीमन्डपमा भई अनेरास्ववियुका एक सय कार्यकर्ता आज बिहान सिन्धुपाल्चोकतर्फ लागेका हुन् । सिन्धुपाल्चोकका अनेरास्ववियु कार्यकर्ता पहिरो पन्छाउने कार्यमा संग्लन हुने बताइएको छ । उनीहरूले तातोपानी नाका खुलाउन दुई दिन श्रमदान गर्ने छन् । श्रमदानमा सहभागी विद्यार्थीका लागि व्यक्तिगत व्यवस्थापनमा पा“च सय रुपया“को ज्याकेट र ड्राइ फुड वितरण गरिएको छ । बाह्रबीसेदेखि तातोपानी, लिपिङसम्मको २६ किलोमिटर सडकमध्ये १६ किलोमिटर सडक खुलिसकेको छ । बाकी १० किलोमिटर सडकलाई मात्र पहिराले अवरोध गरेको छ । उक्त सडकमा नया पुलको आइतबारे, झ्यालेभीर, डाक्लाङको तीनकिलो, झिर्पुको ८ र १० किलो, खोराङकुना, घण्टेकुला, लिपिङ बजार लगायतका कतिपय ठाउमा नयाँ ट्याक खोल्नुपर्ने भएपनि केही ठाउमा सडकमा भएका ढुंगा हटाएमात्रै पनि अवरोध खुल्ने स्थिति रहेको छ ।
तपाइँको प्रतिक्रिया