तिहारको मध्य नजर गदै सुरक्षा व्यवस्था कडा

बिबेक भण्डारी ११, जिल्ला प्रशासन कार्यलय नवलपरासीले
तिहारको मध्य नजर गदै सुरक्षा व्यवस्था कडा पारेको छ । बुधवार प्रशासन कार्यलयले सुचना जारी गरि जनसमुदायलाई सचेत हुन र रहन अग्रह गरेको छ । प्रशासनले जारी गरेको सुचनामा रातको समयमा सुरक्षाका निमित्त मध्य नजर गदै नेपालीहरुको महान पर्व तिहारको आवसरमा खेलिने देउसी भैलौ लगायतका कार्यक्रमहरु राति १० बजे सम्म मात्र संञ्चालन गर्न आग्रह गरिएको छ ।
यता नवलपरासीको कावासोतीमा रहेको इलाका प्रहरी कार्यलय नवलपुरले पनि तिहार , छठ लगायत पर्वहरुमा सुरक्षा निमित्त विभिन्न कार्य गरेको प्रहरी कार्यलय नवलपुरका डिएसपी राजेश थापाले वताउनुभयो । प्रहरी कार्यललयले चाड पर्वमा बढि जुवा तास खेल्न नहुने भन्दै यसको यस्ता जुवा जन्य कार्यको निरिक्षण गरि रहने वताउनुभयो । थापाले तिहारको समयमा पटका जन्य वस्तुहरु पनि प्र्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।
तपाइँको प्रतिक्रिया