त्रिपिटक ( कङग्युर) पाठबाचन महापुजा कावासोतीमा सुरु

बिबेक भण्डारी २३ कावासोेती , नवलपरासी कावासोति नगरपालिकामा मंगलवार देखि त्रिपिटक ( कङग्युर) पाठबाचन महापुजा सुरु भएको छ । तमुह्युल छोंजधि कावासोति इकाइ समितीको श्री धावा पेमा साम्डुव छ्योलिङ गुम्बाको आयोजनमा मंगलवार बाट शुरु भएकोे महापुजा कार्तिक २९ गते समापन हुने भएको छ । कावासोति नगरपालिका वाड नम्बर ५ पाचगठ्ठामा हुने महापुजाको समुद्घाटन नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय अन्तर्गत बौद्धदर्शन प्रवद्धन तथा गुम्बा विकास समितिका निर्देशक नरेन्द्र कुमार गुरुङ्गले गर्नु भएको छ ।
मंगलवार विहान १० बजेबाट गुम्मा परसिरबाट निस्केको शान्ति पदयात्रा सभापति चोक हुदै फलपुलचोक पुगेर पुनः गुम्वा परीसरमा पुगेको महापुजा मुल समारोह समीतिले जनाएको छ । मंगलपार देखि ७ दिन सम्म सचालन हुने महापुजामा बौद्ध धर्म समाजका केन्द्रीय अध्यक्ष बौद्ध आचार्य शिरलामा तमुले बौद्ध ग्रन्थको बाचन गर्नुहुने छ । समग्र देशको शान्तीको कामनाको लागी आयोजना गरिएको महापुजाको समुदघाटन कार्यक्रममा कावासोति क्षेत्रमा धार्मिक र्याली समेत निकालीएको महापुजा मुल समारोह समीतिले जनाएको छ ।
यसैगरी महापुजामा चौरासी पुजा, तुला दान, बौद्ध धर्म ग्रन्थ वाचन, लगाएतका विधिहरु सम्पन्न गरीने भएको छ । अवलोकेश्वरी ञ्युनि आमा समुह, तमु ह्युल छोज धि कावासोति इकाइ समीति, तमुस्यो हुयल छोंज धिं कावासोति इकाइ समिती, तमु एकता कोष कावासोति, तमु ह्युल छोंज धि कावसोति नगर समीति र तमु युवा ह्युल छोंज धिं कावासोति नगर समीतिको सहयोगमा सात दिन सम्म सचालन हुने छ ।
तपाइँको प्रतिक्रिया