त्रिपिटक कङ्ग्युर महापूजाको आम्दानी खर्च बिवरण सार्वजनिक

बरचुली बौद्ध गुम्वा कावासोती ३ मा सञ्चालित त्रिपिटक कङ्ग्युर महापूजाको आम्दानी खर्च बिवरण सार्वजनिक गरेको छ । मंसीर १ देखि ७ एक सातासम्म सञ्चालित महापूजामा संकलन भएको रकममध्ये खर्च कटाएर १९ लाख ४१ ह्जार ५ सय ९५ रुपैया रहेको आयोजकले जनाएको छ । धार्मिक पर्वचन मार्फत बिभिन्न शिर्षकमा गरी जम्मा ५० लाख ५८ हजार ७८ रुपैया आम्दानी भएको बिवरणमा ३१ लख १६ हजार ४ सय ८४ रुपैया खर्च भएको उल्लेख गरिएको छ . महापूजा आयोजक समिति अन्तर्गतको आर्थिक समिति उप संयोजक घमानसिंह गुरुङले सार्वजनिक रुपमा वाचन गर्नुभएको प्रतिवेदनमा चन्दादान बिल अनुसार ३३ लाख ८९ हजार ९ सय ३८ रुपैया सहित उठ्न बाँकी रहेको वोलचन्दा रकम ९ लाख ५१ ह्जार ७ सय ३४ रुपैया आम्दानीमा वाँधिएको भएपनि बैकमा भने ९ लाख ८९ हजार ८ सय ६१ रुपैया मौज्दात रहेको जानकारी दिनुभयो . पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएका बरचुली बौद्ध गुम्बा समितिका अध्यक्ष तथा महापूजा आयोजक मूल समितिका संयोजक गोपी गुरुङले संकलित रकमले नवलपुर क्षेत्रकै नमूना बौद्ध गुम्बाका निर्माण का साथसाथै यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्नमा खर्च गरिने बताउनुभयो ।
तपाइँको प्रतिक्रिया