थारु कल्याणकारीणी सभा गैडाकोट नगर समीतिको अध्यक्षमा लक्ष्मी प्रसाद चौधरी
सन्तकुमार चौधरी ।
गैडाकोट, २६– जेठ ।
थारु कल्याणकारीणि सभा नवलपरासी बर्दघाट सुस्ता पुर्व गैडाकोट नगरसमीतिको अध्यक्षमा लक्ष्मी प्रसाद चौधरी चयन हुनुभएको छ । गैडाकोट नगर समीतिको दोस्रो अधिवेशनले लक्ष्मी प्रसाद चौधरीको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समीति सर्वसम्मत चयन गरीएको हो ।
जसको उपाध्यक्षमा यम कुमारी महतो, सचीवमा मोतिराम थनेत, कोषाध्यक्षमा रोम कुमारी महतो, सह सचिवमा मिना महते चयन हुनुभएको छ ।
जसको सदस्यहरुमा जित बहादुर महतो, मेघनाथ महतो, प्रेम ुमारी महतो, शुसिला महतो, राजकुमार महतो र सगिता महतो चयन हुनुभएको छ ।
लक्ष्मी प्रसाद महतोको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारीणी सभा नवलपरासीका सभापति गणेशमान महतो प्रमुख अतिथी रहनुभएको थियो ।
स्वागत मन्तव्य हेम कुमारी चौधरी रहेको कार्यक्रमको सचालन मोतिराम थनेतले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया