थारु भाषाको गीत लिएर आए गायक सञ्जय चौधरी

गैँडाकोट, २३ असार ।
गायक तथा सञ्चारकर्मी सञ्जय चौधरीले दर्शकमाझ थारु भाषाको गीत ल्याउनु भएको छ ।पप गायकको रुपमा स्थापित गायक चौधरीले यसपटक थारु भाषाको गीत गाउनु भएको हो । चितवनीया थारु भाषाको ‘तुइ तनाउ‘’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । उक्त गीतमा गायक चौधरीकै शब्द तथा संगीत रहेको छ भने म्याडम्याक्स राइजिङ इन्टरटेनरले सार्वजनिक गरेको भिडियोमा देव महतो र अरिन चौधरीले अभिनय गरेका छन् ।
भिडियोको निर्देशन भने हीरा चौधरीले गर्नु भएको छ भने विक्रमको छायाँकन रहेको भिडियोलाई सुरज महतोले सम्पादन गर्नु भएको छ ।यसअघि गायक सञ्जय चौधरीले तिमी आयौ, गल्ती मेरो छैन, तिमीले यो के गरेको, पञ्चेबाजा जस्ता कर्णप्रिय गीतहरु सार्वजनिक गरिसक्नु भएको छ ।
तपाइँको प्रतिक्रिया