थारु समुदायका विषयमा छलफल तथा अन्तरक्रिया

कावासोती, १३ जेठ
थारु आयोग नेपालले सोमबार विज्ञ÷लक्षित समुहसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । नवलपुरको देवचुली नगरपालीका वडा नं. १७ पिप्रहर सामुदायीक होमस्टे ग्राममा कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा आयोगको काम, कार्तव्य र अधिकारका विषयमा आयोगका सचिव आनन्दराम रेग्मीले जानकारी गराएका थिए । कार्यक्रममा थारु समुदायको अवस्था के कस्तो रहेको छ, थारु समुदायको भाषा संस्कृती संरक्षणका विषयमा के कस्ता पहल भएका छन्, ज्ञान सिप, थारु समुदायको सशक्तीकरणमा भएका चुनौती तथा समस्याहरुका विषयमा समेत छलफल गरीएको थियो । आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्दै संविधानमा भएको व्यवस्था अनुसार थारु समुदायको विकासका लागि आयोगले आफ्ना काम गर्दै जाने बताएका छन् । राजनीतिक, सामाजिक, आर्थिक अधिकारका हिसाबले संविधान, ऐन, कानूनमा भएको व्यवस्था अनुसार त्यसलाई प्रभावकारी तरिकाले कार्यान्वयन गर्नका लागि पनि पहल भएको बताए ।

कार्यक्रममा थारु समुदायको हक हित संरक्षण तथा सम्वद्र्धन गर्न आयोगले के कस्तो नीती अवलम्बन गर्नु पर्छ, थारु सम्वद्ध कुन कुन कुरालाई आयोगले प्राथमिकताका साथ ध्यान दिनु पर्छ, आयोगले थारु समुदायको हित प्रवद्र्धन गर्न चाल्नु पर्ने कदमहरु के के हुन सक्छ, आयोगले आफ्ना क्रियाकलापलाई बढि प्रभावकारी बनाउन के के गर्नु पर्छ, क्षमता विकास र समुदायको समग्र सशक्तिकरणका लागी के के गर्नु पर्छ लगायतका विषयमा खुला छलफल गरी सुझाव समेत संकलन गरीएको बताए । सहभागीहरुबाट प्राप्त जिज्ञासाहरुलाई आयोगका अध्यक्ष चौधरीले सम्बोधन, कार्यन्वय योग्य रचनात्मक सुझाव कार्यन्वयन गर्ने प्रतिवद्धता व्याक्त गरे । आयोगले विज्ञहरुको सहयोगमा थारुको ईतिहास, भाषा, सस्कृतीलाई एकरुपता ल्याउने गरि विज्ञहरुको टोली बनाउने चौधरीले बताए । आयोगले सबै कुरा बुझेर प्रतिवेदन तयार पारि सरकार समक्ष प्रस्तुत गर्ने उनले जानकारी दिएका छन् । साथै थारु समुदायका परम्परागत ईतिहास, साहित्य लोप हुने अवस्थामा पुगेकाले यसको खोजी गर्न समेत आवश्यक रहेको चौधरीको भनाई छ । थारु ईतिहास, सास्कृतीक परम्परा आगामि दिनमा पर्यटकीय हिसाब र थारु जातिका लागि पनि महत्वपूर्ण हुने हुदा यसलाई प्राथमिकता दिएर संरक्षण गर्नुपर्नेमा आयोगका अध्यक्ष चौधरीले जोड दिए ।
Chat Conversation End
तपाइँको प्रतिक्रिया