थारु समुदायले माघि पर्ब मनाउदैे

कावासोती , ३० पुस
पछिलो समय देशमा जारि भएको संबिधानमा आफुहरुको सहमति नरहेको भन्दै पछिलो समय बिभिन्न आन्दोलनको कार्यक्रम घोषण गदै आएको सभाले अहिलेको माघि पर्ब भने औपचारिक रुपमा नमनाउने र यसलाई पनि बिरोधको रुप दिने जानएको छ । तर नवलपुर क्षेत्रका थारु समुदायले भने धुमधामका साथ माघि पर्ब मनाउने तयारी गरेका छन् । थारु कल्याणकारणी सभा नवलपरासीका अध्यक्ष गण्डेस महतोले माघि पर्ब थारु समुदायको नया बर्षं भएको र यो पर्ब धुमधामको रुपमा मनाउने पर्ने समयमा पछिलो समयमा नेपालमा बनेको सबिधान थारु जातिको भावना बिपरित बनेको र थारुको अधिकार पुर्णरुपमा नपाएकोले यो पर्बको समयमा पनि आफुहरु आन्दोलन गर्ने बाध्य भएको अध्यक्ष महतोले जनाएका छन् ।
यता नवलपरासीका जिल्लाको कावासोतीमा भएको एक माघि पर्ब शुभकामना कायक्रममा बोल्दै थारु कल्याणकारी सभाका केन्द्रीय प्रतिनिधि पुप्परत्न महतोले आफुहरु यो मनाउने भएपनि सस्थागतरुपमा यो बर्ष मनाउन नपाउदा आफुहरु दुखि भएको बताएका छन् । साथै उनले माघि पर्बको महत्व बताउदै पछिलो समय भित्रिएको पश्चिमी सस्कृतीले गर्दा माघि पर्बको महत्व घटेको बताएका थिए । उनका अनुसार थारु जातीको नया युवायुवतीहरुले यस पर्बलाई परमपरागतरुपमा नमान्दा कतै यो पर्ब लोप हुने होकी भन्ने चिन्ता परेको केन्द्रीय प्रतिनिधी महतोको भनाई छ ।
नवलपरासीको पयटकीय गाउ अमलटारी होमस्टेमा भने थारु समुदायहरुले माघि पर्बको अवसरमा धुमधामको साथ माघि पर्ब बिषेश शुभकामना आदन प्रदान कार्यक्रम माछा र चिचर खाएर बिहिबार मनाएका छन् । उनिहरुको अनुसार आफुहरुले यो पर्ब आज धुमधामको साथ मनाउने जनाएका छन् । माघि पर्ब थारु समुदायका मानिसहरुले बिशेष पर्बको रुपमा मनाउने गरेको पाईन्छ ।
समुदाय अनुसार यो पर्व फरक ढंगले मनाईने भए पनि यस्ता चाड पर्बले सामाजिक सदभाव कायम गर्नुका साथै सांस्कृतिक बिबिधता जोगिने संस्कृति बिदहरु बताउँछन् । माघिका दिनलाई लिएर नेपाल सरकारले सार्बजनिक बिदाको पनि ब्यवस्था गरेको छ ।
थारु समुदायमा यो पर्बले उनिहरुको नयाँ बर्षको रौनक पनि लिएर आउँदछ । माघिका दिन थारु समुदायमा बिभिन्न परिकारहरु बनाएर खाने, नाचँगानकासाथ हर्षोल्लास मनाउने चलन छ । शुक्रबार नवलपरासीको अमलटारी , कुमारवती , गोछडा र मनहरीमा बिषेश कायक्रमका साथ मनाउने तयारी गरेका छन् । उक्त स्थानमा थारु समुदायका बिभिन्न बिशेष परिकारहरु (घोंगि, डिकुरा आदि) को स्वाद लिन पाईने थारु समुदायले जानएका छन् ।
तपाइँको प्रतिक्रिया