थ्रीस्टार क्लब रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक

थ्रीस्टार क्लब रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । शनिबार झापा–११ लाई १–० ले पराजित गर्दै थ्रीस्टार अंक तालिकाको शीर्ष स्थानमा पुग्दै उपाधि नजिक पुगेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको ६९औं मिनेटमा जगजित श्रेष्ठले गोल गर्दैै थ्रीस्टालाई जिताएका हुन् । जितसँगै थ्रीस्टारको १४ खेलबाट २९ अंक भएको छ । दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको २७ अंक छ भने तेस्रो स्थानको मनाङ–मसर््याङ्दी क्लबको १३ खेलबाट २५ अंक छ । थ्रीस्टारसँगको हारसँगै १५ खेलबाट २४ अंकमात्र बटुलेको झापा उपाधि होडबाट बाहिरिएको छ ।
तपाइँको प्रतिक्रिया