दर्ता नगरे कानुनि कावार्हि गर्ने गैडाकोट नगरपालिको तयारी

बिबेक भण्डारी ५, गैडाकोट नगरपालिका भित्र संञ्चलित विभिन्न किसिमका व्यापार , व्यवसाय , उघोग , निजि विद्यालय , वित्तिय संस्था तथा निजि अस्पतालललाई गैडाकोट नगरपालिकाले २०७३ साल मंसिर मसान्त भित्र दर्ता गर्न आग्रह गदै कार्तिक २ गते नगरपालिकाले सुचना प्रकाशित गरि जानकारी गराएको छ । गैडाकोट नगरपालिका भित्र रहेका कुनै कुनै व्यवसायिक संस्था , निजि विद्यालय , साना उघोग होटलहरु दर्ता नभएको पाइए पछि नगरपालिकाले मंसिर मसान्त सम्म समय छुटइएको नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले मुकुन्दसेन टेलिभिजनलाई जानकारी दिनुभयो । जारी गरेको सुचनामा तोकिएको म्याद भित्र दर्ता तथा नविकरण नगरिए संञ्चालनमा रहेको व्यवशाय तथा व्यवशायिलाई कानुन जरिवाना तथा दर्ता , नविकरण नगरि घरभाडामा लिएर संञ्चालन गरेको भए घर धनिलाई समेत नगरपालिकाले प्रदान गर्ने सेवामा रोक लगाउने भनि नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया