दर्ता बिना नै भण्डारा महोत्सव संचालन
चितवन , असोज २०
चितवनको भण्डारामा दर्ताबिना नै महोत्सव संचालन भएको छ । राप्ती नगरपालिका वडा न ६ मा बिहिबारबाट सुरु भएको भण्डारा महोत्सव दर्ताबिना नै संचालन भएको पाइएको हो । कुनैपनी मेला महोत्सव संचालन गर्नुपूर्व आन्तिरक राजश्व कार्यालयमा अस्थायी रुपमा भ्याटमा दर्ता हुनुपर्ने हुन्छ । तर भण्डारा बजार युवा समाजले आयोजना गरेको भण्डारा सास्कृतिक महोत्सव ,कृषी पर्यटन एवं औद्योगिक व्यापार मेला आन्तिरक राजश्व कार्यालय भरतपुरमा दर्ता नगरी महोत्सव आयोजना भएको छ । भण्डारा महोत्सवले आन्तिरक राजश्व कार्यालयमा अहिलेसम्म दर्ता नगरेको आन्तिरक राजश्व कार्यालय भरतपुरका प्रमुख थान प्रसाद पंगेनीले जानकारी दिनुभयो । कुनै क्लब , संस्थाहरुले मेला महोत्सव आयोजना गर्दा आन्तिरिक राजश्व कार्यालयमा अस्थायी रुपमा भएपनि भ्याटमा दर्ता गरी अनुमानित आयको २ प्रतिशत धरौती समेत राख्नुपर्ने हुन्छ । यसरी दर्ता नगरी महोत्सव गर्नेलाई कारबाही सहित करको दायरामा ल्याउने पंगेनीले स्पष्ट पार्नुभयो ।
महोत्सवमा रहने प्रत्येक व्यवसाय , बाल उद्यान अनिवार्य रुपमा दर्ता गरेको हुनुपर्ने व्यवस्था रहेको छ । महोत्सव आयोजकले जिल्ला प्रशासन कार्यालयबाट भने महोत्सव संचालनको लागी अनुमती पाएको छ । प्रशासनबाट अनुमतीलिदा अनुमानित आयविवरण सहित महोत्सवमा गरिने गतिविधिको पूर्ण जानकारी गराएको हुनपर्छ तर भण्डारा बजार युवा समाजले पूर्ण कार्यक्रमको बिबरण समेत बुझाएको छैन ।
तपाइँको प्रतिक्रिया