दशैंको अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय

काठमाडौं, असोज ४
पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले भोलि (विहीबार) देखि खोल्ने भनिएको दशैंको अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएको यो निर्णय गर्नुपरेको महासंघको भनाई छ ।
नेपाल आयाल निगमले हालै मात्र इन्धनको मूल्य बृद्धि गरेको थियो । डिजेल र मट्टितेलमा प्रतिलिटर ३र३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढाइएको छ ।
तपाइँको प्रतिक्रिया