दशौ राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिताको जिल्ला स्तरी खेलकुद शुरु

ज्ञानु पंगेनी
१५-जेठ, नवलपरासी ।
दशौ राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिताको जिल्ला स्तरी खेलकुद प्रतियोगिता शनिवारबाट नवलपरासी पूर्व विनयी त्रिवेणी गाउपालिका दुईको भानुदय माविमा शुरु भएको छ ।
प्रतियोगिताको जिल्ला समन्वय समिती नवलपुरका प्रमुख चेसराम आलेले उद्घाटन गरे ।
उद्घाटन गर्दै आलेले खेलको माध्यमबाट विद्यार्थहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गर्न सहयोग मिल्नुका साथै अन्तराष्ट्रिय स्तरसम्म देशको पहिचान गराउन पनि महत्वपुर्ण भुमिका खेल्ने बताए । खेलकुद भने राष्ट्रको गौरब रप्रतिक समेत रहेको उनको जोड थियो । खुलकुद क्षेत्रलाई देशको तल्लो तहदेखि विकास र संरक्षण गर्न आवशयक रहेको भए पनि राजय तहबाट खेल क्षेत्रमा यथोचित बजेट विनीयोजन हुन नसकेको आलेको गुनासो थियो ।
प्रतियोगितामा यस अघि नवलपुरका ३ स्थानमा गरिएको क्षेत्रीय छनौट प्रतियोगिताबाट विजयी भएका ५३ वटा विद्यालयले सहभागिता जनाएका छन । पहिलो दिन शनिवार भलिवल र कबड्डी र आईतवार र सोमवार एथलेटिक्स तर्फका खेलहरु हुने खेल संयोजक राजु भुषालले जानकारी दिए । प्रतियोतिामा उत्कृष्ट हुने विद्यालय विद्यार्थीरुलाई ट्रफी र नगदले सम्मान गरिनेछ ।
तपाइँको प्रतिक्रिया