दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ

चितवन, असोज ४
दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ भएको छ । असोज महिना लागेसँगै दशैंका लागि हवाइ टिकट अग्रिम बुकिङ बढिरहेको हो ।
केही दिन पहिले मात्र एयरलाइन्सहरुले दसैँका लागि हवाइ टिकट बुकिङ खुला गरेसँगै आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँको टीकाको दिन भने भरतपुर आउने टिकट १०० प्रतिशत नै बुकिङ भएको बताएका छन् ।
भरतपुरमा बुद्ध र गुण एयरलाइन्सले उडान गर्दै आइरहेको छ । तर पछिल्लो केही समयअघि देखि गुण एयरलाइन्सले भरतपुर उडान गर्न सकेको छैन । तर दशैंको अवसर पारेर नै गुण एयरलाइन्सले आगामी आइतबारदेखि दसैँ लक्षित गरेर भरतपुर विमानस्थलमा उडान भर्ने जनाएको छ ।
बुद्ध एयरले हरेक दिन भरतपुरबाट काठमाडौँ नौवटा उडान गर्दै आएको छ भने भरतपुरबाट पोखरा हप्तामा दुई वटा उडान गर्दै आएको छ । भरतपुरबाट काठमाडौँको हवाइ भाडा चार हजार नौ सय ९० रहेको छ ।
पछिल्लो समय वर्षाको कारण सडकको दुरावस्था र सुविधासम्पन्न यातायतका साधनहरुको उचित ब्यवस्थापन नहुँदा हवाई यात्रुको संख्या बढ्दै गईरहेको हो ।
तपाइँको प्रतिक्रिया