दसैं अघि नै आन्दोलनरत मधेसी दलहरुसँग वार्ता गरी सहमति कायम गर्ने प्रधानमन्त्री ओलीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं अघि नै आन्दोलनरत मधेसी दलहरुसँग वार्ता गरी सहमति कायम गने दाबी गर्नुभएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि मंगलबार राष्ट्रपति डाक्टर रामवरण यादवसँग शिष्टाचार भेटघाटका लागि शितल निवास पुगेका ओलीले मधेसी दलहरुसँग तत्काल वार्ता गरी जसरी पनि समस्या समाधान गरिने बताउनुभएको हो । उहाले आन्दोलनमा रहेका मधेसी दलहरु संवैधानिक प्रक्रियामा आइसकेकाले अब वार्ताबाटै समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटवार्तामा सामान्य कुराकानी मात्र भएको प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री ओलीले अनौपचारिक भेटवार्ता भएकाले राष्ट्रपतिसँग अन्य महत्वपूर्ण कुरा नभएको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया