दाउन्नेमा सवारी दुर्घटना २ जनाको मृत्यु,२ जना घाईते

भदौ १५ ,नवलपरासी,
पुर्बपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको दाउन्नेमा गएराती भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । भने २ जना घाईते भएका छन् । पुर्ववाट पश्चिम जादै गरेको लु १ ख ४५९८ नम्बरको ट्रकले ना ५ ख २४५ नम्बरको बिग्रीएर रोकीराखेको ट्रक लाई ठक्क्र दिदा सो दुर्घटना भएको हो । मृत्यु हुनेमा ना ५ ख २४५ नम्बरको ट्रकका मालिक कावासोती ११ का जय नारायण पौडेल र ट्रक मर्मत गरीरहेका भारतीय नागरिक आशिष आलमको मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी सोही ट्रकले ना ४ ख २६२५ नम्बरको ट्रक र ना २५ प ४३२५ नम्बरको मोटरसाईकल लाई समेत ठक्कर दिदा २ जना घाईते भएका छन् ।
तपाइँको प्रतिक्रिया