दिर्घकालिन बजेटको असर राम्रो नहुने :काग्रेस महामंन्त्रि कोइराला

विवेक भण्डारी,नवलपरासी १७ जेठ
यो वर्षको बजेट हेर्दा राम्रो भए पनि दिर्घकालिन बजेटको असर राम्रो नहुने नेपाली काग्रेसका महामंन्त्रि शशाङक कोइरालाले वताउनुभएको छ । कोइरालाले नेपाली काग्रेसले केवल विकासको मात्र बाटो हेर्ने हुदा राज्यको विकास गनर्् यो बजेटले समेट्न नसकेको समेत वताउनुभयो । आइतवार महिला संघ केन्द्रिय समितिको आयोजनामा २ दिवसिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न कावासोती १६ अमलटाडीको होमस्टेमा आउनुभएका महामंन्त्रि कोइरालाले सो कुरा वताउनुभएको हो । महामंन्त्रि कोइरालाले अर्थ मन्त्रि विष्णु पौडेलले बजेटमा आर्थिक बृद्धि दर ६.५ प्रतिसत बृद्धि नहुने र सो बृद्धिदर घट्ने कुरा आफुलाई लागेको वताउदै नेपाली काग्रेसले जुन सरकाले बजेट ल्याए पनि देशको पुर्वाधार विकास गर्ने खालको हुनुपर्ने वताउनुभयो ।
मंन्त्रि कोइरालाले बजेटको कारणले पनि यो सरकार ढल्न सक्ने सम्भावना रहेको हुदा आफ्नो पार्टि नेपाली काग्रसले प्रतिपक्षिको भुमिका जिम्मेवारीका साथ बहन गर्ने र रचनात्मक रुपमा सरकारको विरोध गर्ने र रणनितिको बारेमा केन्द्रिय समितिमा छलफल गर्ने वताउनुभयो । सोमवार महिला संघ केन्द्रिय समितिको आयोजना तथा महिला संघ जिल्ला समितिको व्यवस्थापनमा आयोजीत लुम्बिनी अञ्चल स्तरीय महिला प्रशिक्षण कार्यक्रममा काङग्रेस केन्द्रिय सदस्य डाक्टर लिला संघ्रौला बालकृष्ण खांड , देवेन्द्रराज कंडेल , काङग्रेस नेता कृष्णचन्द्र नेपाली , जिल्ला सभापती विष्णु लामिछाने , महिलासंघकी केन्द्रिय सदस्य ओमकला गौतम लगायतले बोलेका थिए । कार्यक्रममा काङग्रेसको महाधिवेशनमा विजयी भएका , महामन्त्रि डाक्टर कोईराला , केन्द्रिय सदस्य डाक्टर लिला संघ्रौला र देवेन्द्रराज कंडेलललाई नेपाल महिलासंघ नवलपरासीले सम्मान समेत गरेको थियो । राजनैतिक तहमा महिलाको नेतृत्व विकास कसरी गर्ने भन्ने वारेमा आयोजना गरिएको प्रशिक्षण मंगलवार ( भोली ) सकिने छ । प्रशिक्षण कार्यक्रममा लुम्बिनी अंचलका ६ जिल्लाका एक सय जना महिलासंघका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको छ । नेपाली काङग्रेसका केन्द्रिय सदस्य डाक्टर लिला संघ्रौला ,चन्द्र भण्डारी नवलपरासी जिल्ला सभापती विष्णु लामिछानेले प्रशिक्षण प्रदान गर्नुहुने छ ।
तपाइँको प्रतिक्रिया