दुइ दिने सहकारी वित्तीय साक्षरता तालिमको समापन समारोह कावासोतीमा

प्रितम भुजेल
कावासोती
सिर्जनशील वचत तथा ऋण सहकारी संस्था लि कावासोती -२ को आयोजनामा दुइ दिने सहकारी वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । कावासोती नगरपालिका २ स्थित सिर्जनशील वचत तथा ऋण सहकारी संस्था लि पहलमा ६२औं सहकारी दिवसको अवसरमा सहकारीमा आबद्ध रहेका शेयर धनी माहानुभावहरुलाइ(शेयर सदस्य ) लक्षित गरीदुइ दिने सहकारी वित्तीय साक्षरता तालिम कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि कावासोती वडा न २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल ले सहकारी र सहकारीता को मर्मलाइ आत्मसाथ गर्दै राज्यको मुल प्रवाह लाइ समात्न सहकारी सदस्यहरु लाग्नु पर्ने र युवाहरुलाइ २१ औं शताव्दिको शिक्षा अनुरुप अगाडी बढ्न र घर घर बाटै खर्च मा मितव्यिता अपनाउदै वचत मा जोडदिनु पर्ने भन्दै २ न वडालाइ सहकारी मैत्री नमुनावडा बनाउन आजैदेखी पहल गर्ने कुरामा जोड दिनु भएको थियो ।त्यसै गरी समापन समारोहमा आफ्नो मन्तव्य राख्दै विशेष अतिथि समेत रहनु भएका साकोस का पूर्व अध्यक्ष सहजकर्ता छविलाल अर्याल ले वित्तीय साक्षरताको सवालहरुलाई पेचिलो ढंगबाट प्रष्टाउदै कार्यक्रममा सहभागि महिला प्रशिक्षार्थी हरुलाइ उत्साहित बनाउदै सहजिकरण गर्न सफल हुनुभएको भन्दै सहजकर्ता ( प्रशिक्षक द्धोय) राम ब्लोन तमाङ् र प्रितम भुजेल लाई विशेष आभार समेत व्यक्त गर्नु भएको थियो । यसै गरि मन्तव्य कै क्रममा विशेष अतिथि समेत रहनु भएका सहजकर्ता प्रितम भुजेलले तालिम मा सिकेको सिकाइलाइ ब्यवहारिक जिवनमा संधै लागु गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रमलाई रोचक बनाउन तालिममा सहभागी प्रशिक्षार्थीहरुबाट बेजोड नृत्य र गायन समेत प्रस्तुत गरिनुको साथै प्रशिक्षार्थीलाइ तालिम मा सहभागी हुदैं गर्दा संगालेको अनुभव र अनुभूति प्रस्तुत गर्न लगाईएको थियो । शिव सामुदायीक वन उपभोक्ता समूह को सभाहलमा सम्पन्न दुइ दिने सहकारी वित्तीय साक्षरता तालिम सिर्जनशील वचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष हुमकला पोखरेलको को अध्यक्षता रहेको कार्यक्रमको संचालन संस्थाका सचिव आत्मराम चापागाई ले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन संस्थाका लेखा संयोजक पुष्प राज चौधरी राख्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया