दुई महिना पछि सदरमुकाम परासीमा सवारी साधन चले
पुरुषोत्तम सुबेदी,नवलपरासी, २१ असोज । नवलपरासीमा संयुक्त मधेशीमोर्चाको आन्दोलनका कारण बिगत २ महिना देखी बन्द रहेका पाल्ही यातायात ब्यवसायी समिती अन्तर्गतका यातायात सवारीसाधनहरु आजबाट संचालनमा आएका छन् । लामो समयदेखी सवारी साधन बन्द हुदा पनि आन्दोलनरत पक्षले यातायात खोल्न तर्फ बेवास्ता गरेपछि ब्यवायीहरुले स्वत्स्फुर्थ रुपमा यातायात संचालनमा ल्याएको पाल्ही यातायात ब्यवसायी समितीका अध्यक्ष रिषीराम पौडेलले बताउनुभयो । मोर्चाका कार्यकर्ताहरुले रातको समयमा मालबाहक ट्रक सञ्चालन गर्न दिने तर यात्रु बोक्ने सवारीसाधन चल्न नदिएको भन्दै आक्रोशित बनेका व्यवसायीहरुले आ–आफ्ना सवारीसाधन निकालेर सञ्चालन ल्याएका हुन् । ब्यवसायीहरुले आज पहिलो दिन परासी सुनवल सडक खण्डमा गाडी संचालनमा ल्याएका छन् । बिहीबार बाट अन्य रुटमा पनि सवारी साधन संचालन गर्ने योजना रहेको समितीका सचिब हेमन्त थापाले बताउनुभयो । समिती अन्तर्गत करिब २ सय बढी सवारी साधन आबद्ध छन् । सो समितीले नवलपरासीको परासी सुनवल , परासी–महेशपुर र बर्दघाट– त्रिवेणी क्षेत्रमा सञ्चालन हुँदै आएका छन् । मोर्चाले आबहा्न गरेको बन्दका दुई महिना देखी परासी सदरमुकाम सहित जिल्लाको सम्पुर्ण दक्षिणभेगमा बजार , बित्तिय संघ संस्था , यातायात ठप्प छ । तर राजमार्ग र नवलपुर क्षेत्रमा भने बन्दको कुनै प्रभाव छैन ।
तपाइँको प्रतिक्रिया