दुम्कौलि प्राथमिक स्वास्थ्य केन्द्रबाट मात्र ५२ प्रतिशत नागरिकले अस्थाइ साधनको प्रयोग गरे

बिबेक भण्डारी माघ ३ – नवलपरासीको देवचुलिनगरपालिकामा रहेको दुम्कौलि प्राथमिक स्वास्थ केन्द्रमा अस्थाई साधन प्रयोग गर्नेको संख्या बृद्धि भएको स्वास्थ केन्द्रको तथ्याकले देखाएको छ। प्हिलेको तुलनामा अहिले अस्थाइ अस्थाई साधन प्रयोग गर्नेको संख्यामा उल्लेखनिय बृद्धि भएको स्वास्थ्य केन्द्रले जनाएको छ । जनचेतना र शिक्षाको विकास संगै स्वास्थ्य केन्द्य्रमा आइ प्रजनन स्वास्थ्यप्रति नागरिकहरुको चासो बढ्दै गएको देखिएको छ । पछिल्लो समय परिवार नियोजन गर्नेहरुको संख्या बढेको स्वास्थ्य केन्द्रले जनाएको छ । प्रजनन स्वास्थ्यप्रति चासो राख्ने र स्थाई तथा अस्थाई परिवार नियोजनका साधनको प्रयोग गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भएको दुम्कौलि प्राथमि स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरिक्षक छविलाल सुबेदिले जानकारी गराउनुभयो । यसले नागरिकहरुमा चेतनाको स्तर बढेको देखाएको र औषधी सेवन र यसको असर बारेमा पनि नागरिकको चासो बढेको पाईएको सुवेदिले बताउनुभयो । सुवेदिका अनुसार नेपाल सरकारले प्रजनन स्वास्थ्य सम्बन्धि गर्भ निरोधक स्थाई तथा अस्थाई सबै परिवार नियोजना सम्बन्धि औषधीहरु प्रदान गरिने बताउदै दुम्कौलि प्राथमिक स्वास्थ्य केन्द्रमा परिवार नियोजन प्रयोगको दर बढ्दो क्रममा रहेको बताउदै ५२ प्रतिशतको हाराहारीमा पुगेको बताउनुभयो । दुम्कौलि स्वास्थ्य केन्द्र मार्फत विभिन्न गाउँघर क्लीनिकहरुमा पनि अस्थाइ साधन पु¥याउने र त्यहि बाट पनि यसको सेवा लिन सकिने स्वास्थ्य केन्द्रले जनाएको छ । पहिले पहिले अशिक्षा तथा जनचेतना अभावका कारण अस्थाइ साधनको प्रयोग गर्नेको संख्या न्युन भए पनि यतिबेला भने अस्थाई साधन प्रयोग गर्नेको संख्या बृद्धि भइरहेको स्वास्थ्य केन्द्रले जनाएको छ । साथै अहिले स्स्वास्थ्य केन्द्रमा नै आएर परामर्श लिनेको पनि संख्या बृद्धि भएको स्वास्थ्य केन्द्रले जनाएको छ । अस्थाई साधन अन्तरगत पुरुषले प्रयोग गर्ने कण्डम , महिलाहरुको लागि डिकोट , पिल्स , कपर्टि, इम्प्लान्ट लगायतका रहेका छन । दुम्कौलि प्राथमिक केन्द्रका मातहतमा रहेका नागरिकले अस्थाई साधन प्रयोगबारे जनचेतना बढेको कारण अस्थाई साधन प्रयोग गर्नेको संख्याका बढेको दुम्कौलि प्राथमिक स्वास्थ केन्द्रकी सिनियर अनमी कौशिल्या क्षेत्रीले बताउनुभयो । उहाका अनुसार हाल सम्म स्वास्थ्य केन्द्रबाट अस्थाई साधन प्रयोग गर्नेको संख्या करिव ७ सय पुगेको बताउनुभयो । उहाका अनुसार महिलको हकमा डिकोट प्रयोग गर्नेको संख्या १९८ , पिल्स चक्कि प्रयोग गर्नेको संख्या ५९ , कपटि प्रयोग गर्नेको संख्या १८७ , इम्प्लनन्ट प्रयोग गर्नेको संख्या १६४ रहेको बताउनुभयो । जिल्लाको तुलनामा हेर्ने हो भने पनि प्रजनन तथा गर्भ निरोधका साधनबारे चासो राख्ने तथा परामर्श लिनेको संख्या पनि बढेको देखिन्छ । पहिले अशिक्षा र जनचेतनाको अभावका कारण परिवार नियोजन साधन प्रयोग गर्ने कम मात्रामा भए पनि अहिले भने परिवार नियोजनका स्थाई वा अस्थाई साधन प्रयोग गर्नेको संख्या बढेको हो ।
तपाइँको प्रतिक्रिया