दुम्कौली प्रथमिक स्वास्थ्य केन्द्रमा बैशाख र जेष्ठ महिनामा मात्रै १५१ जनमा भाइरल ज्वरो

अषाढ २६, मौसम परिवर्तन हुने समयमा अत्याधिक बढ्दो गर्मीका कारण देखिएको उच्च ज्वरो अर्थात् भाइरल ज्वरोको प्रकोप तराईका जिल्लाहरुमा उच्च देखिएको छ । भाइरल ज्वरो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एक प्रकारको सरुवा रोग हो । विशेषगरी रोग लागेका व्यक्तिको शरिरमा भएको तरल पर्दाथबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । रोगीले खोक्दा, हाँच्छ्यु गर्दा, हाई काढ्दा उसको शरिरमा भएका व्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने गर्छ । रोगीको नजिक बस्दा स्वस्थ मानिसको नाक, मुखबाट यस्ता भाइरस सर्ने गर्छन् । भाइरल ज्वरो का विरामी हरु मा एक्कासी ज्वरो बढ्ने र रोकिने गर्छ । त्यस्तै चिसो महशुस हुनु, हल्का खोकी लाग्नु,शरिर दुख्नु, हात खुट्टा सिल्का हान्नु र जोर्नी दुख्नु, वाकवाकी लाग्नु, कम्जोर महशुस हुनु,अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु , आँखा रातो हुनु लगाएतका लक्षणहरु द्येखा पर्दछन । यस्ता लक्षण देखिएपछि तत्कालै चिकित्सकको सल्लाह लिइ उपचार गर्नुपर्छ । भाइरल ज्वरोबाट पीडित व्यक्ति चिकित्सकले तोकेको औषधी सेवन गरी पर्याप्त आराम आवश्यक रहेको अमरापुरी स्वास्थ्य चौकिका अहेव प्रकाश पंथि वताउंनुहुन्छ ।
पछिल्लो समय जिल्लाको परासी सामुदायिक अस्पताल लगाएत अन्य स्वास्थ्य भौकीहरुमा समेत विरामीको चाप बढीरहेको छ । मौसम परिवर्तन संगै नवलपरासीमा भाइरल ज्वरो का विरामीहरु ब्ढ्दै गएका छन । गत वैशाखको तुलनामा जेष्ठ महिनाको तथ्यांक हेर्दा समेत विरामीहरको संख्या बृद्धि भएको दुम्कोली प्राथमीक स्वास्थ्य सेवा केन्द्रका जन स्वास्थ्य निरीक्षक छविलाल सुवेदी वताउंनुहुन्छ । सुवेदीका अनुसार बैशाख महिनामा ६३ र जेष्ठ महिनामा ८८ जनामा भाइरल ज्वरोका विरामी आउने गरेको वताउनुभयो
भाइरल ज्वरो आउँदा केही मानिसहरुले चिकित्सकको सल्लाहबिना ज्वरो घट्ने औषधी, शरिर दुख्यो भनेर पेन किलर र एन्टिबायोटिक लगायतका औषधी खाने गर्छन् । तर, यस्तो गर्दा रोग झन् बल्झिने खतरा हुन्छ । भाइरल ज्वरो एन्टिबायोटिक औषधीले उपचार हुँदैन । वास्तवमा ब्याक्टेरियालाई मार्नको लागि एन्टिबायोटिक्सको बनाइएको हुन्छ । तर, यसले भाइरसलाई मार्न सक्दैनन् । तसर्थ, अनावश्यक रुपमा एन्टिबायोटिक खाँदा अम्लियपन, पेट दुख्ने र कतिपय अवस्थामा तपाईँको कलेजो र किड्नीलाई नै असर गर्छ ।अझ वालवालिका मा वढी देखीने हुन्छ। त्यसैले यसमा विशेष ध्यान पुर्याउनुपर्ने चिकित्सकहरुको सुझाव छ । यदि तपाईँलाई एन्टिबायोटिक खान सुझाब भएको छ भने पूरा डोज औषधी खान अति आवश्यक हुन्छ । अलि निको भयो वा औषधीले कमजोरी भयो भनि कहिल्यै पनि बिचमै औषधी छाड्नुहुदैन । यदि बिचमै औषधी खान छाड्ने हो भने एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरिया उत्पन्न हुन सक्छ । जसले गर्दा विरामी लार्ई मात्र होइन, अन्य मानिसलाई पनि संक्रमण हुने खतरा बढी हुने अहेव पंथि वताउंनुहुन्छ ।
ज्वरोलाई कहिल्यै पनि हेलचक्राई नगर्नुहोस् । कहिल्यै आफँै औषधी नखानुहोस् । चिसो अनुभव भई उच्च ज्वरो आएमा, ज्वरो अनियमित भएमा ९आउने र छोड्न अनि आउने० भएमा तत्कालै चिकित्सकको सल्लाह लिनु पर्दछ । यदि चिकित्सक उपलब्ध नहुने ठाउँमा तत्कालका लागी घरमै बसेर पनि यसको सामान्य उपचार गर्न सकिनेछ । यसको लागी विशेष सरसफाईमा ध्यान दिनु अति आवश्यक छ ।
@बिबेक/सावित्री
तपाइँको प्रतिक्रिया