दुर्घटना न्यूनिकरण गर्न युवाहरुले बनाए जेब्रा क्रसीङ्ग

दयाराम आचार्य
कावासोती,१२ असोज ।
दुर्घटना न्यूनिकरण लागि भन्दै सामाजिक संजाल फेसबुकको नेप्लीज स्क्वायर समुहमा आवद्ध युवाहरुले राजमार्ग क्षेत्रमा जेब्रा क्रसी¨ निर्माण गरेका छन् । नवलपरासीको कावासोती अन्र्तगत पर्ने राजमार्गका बिभिन्न स्थानमा युवाहरुले जेब्रा क्रसी¨ निर्माण गरेका हुन ।
बजार क्षेत्रमा पैदलयात्रीको चाप बढेको र जथाभावी रुपमा बाटो काट्दा दुर्घटनाको जोखिम बढेको भन्दै यसलाई न्यूनिकरण गर्नका लागि जेब्रा क्रसी¨ निर्माण गरिएको समुहका उपाध्यक्ष सन्दीप भण्डारीले बताउनुभयो । समुहमा आवद्ध युवाहरु आफैले रकम संलन गरेर र केही स्थानिय व्यवसायीबाट सहयोग संकलन गरी जेब्रा क्रसी¨ निर्माण गरिएको उपाध्यक्ष भण्डारीले बताउनुभयो ।
बजार क्षेत्रका मुख्य मुख्य स्थानमा यस अघि निर्माण गरिएका जेब्रा क्रसी¨ मेटिएका थिए । जेब्रा क्रसी¨ निर्माण भए संगै यात्रुलाई बाटो काट्नका लागि सहजता भएको छ । जेब्रा क्रसी¨ निर्माण गरिए संगै जथाभावि रुपमा बाटो काट्दा हुने दुर्घटनाको जोखिम न्यूकरणका लागि सहयोग पुग्ने बिश्वास लिईएको समुहका अध्यक्ष कमल न्यौपानेले बताउनुभयो ।
सामाजिक संजाल फेसबुकको मार्फत बिभिन्न जिल्लाका युवाहरु यस समुहमा आवद्ध रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो । सामाजिक संजालमा आवद्ध भएर राम्रा कार्यहरु गर्न सकिन्छ भनेर सन्देश प्रवाहा गर्नका लागि पनि आफुहरुले यस्तो कार्यक्रम गरेको उहा“ले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया