देउराली सामुदायिक वन पहिले भन्दा हराभरा – १३ औँ साधारणसभा सम्पन्न

हिमा अर्याल, गैँडाकोट, ११ मंसिर ।
डिभिजन वन कार्यालय कावासोतीका सहायक वन अधिकृत हरी गौतमले देउराली सामुदायिक वन पहिला भन्दा निकै हराभरा भएको भन्दै खुसि व्यक्त गर्नु भएको छ । वनका सदस्यहरुको अथक प्रयासले नै यो सफलता प्राप्त भएको बताउदै कार्यसमितिले गरेको काममा निगरानि राख्नु पर्ने बताउनु भयो । देउराली सामुदायिक वन उपभोक्ता समूहको गैँडाकोट १२ को १३ औ साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी रहनु भएका गौतमले यस्तो बताउनु भएको हो ।
देउराली सामुदायिक वनका अध्यक्ष फौद बहादुर महतोले वन विनासलाई संरक्षण गर्न उपभोक्ताहरुले निकै सरहानीय काम गरेको बताउनु भयो । बृक्षारोपण खोलाको तटिए क्षेत्रमा पनि गरिएको र यसले तटबन्धनको काम गरेको बताउनु भयो । महतोले जडिबुटि, अम्रिसो खेतीबाट आम्दानी लिन सकिने र त्यसको लागि वनले काम गरिरहेको बताउनु भयो ।
शनिबार सम्पन्न साधारणसभामा समूहका अध्यक्ष महतोले प्रस्तुत गरेको प्रतिवेदन उपर छलफल गरिएको थियो । कार्यक्रममा ०७७÷७८ को प्रगति प्रतिवेदन तथा ०७८÷७९ को प्रस्तावित बजेट उपाध्यक्ष वीर बहादुर थनेतले प्रस्तुत गर्नुृ भएको थियो । कार्यक्रमा दुर्गा केसि, विरबहादुर थनेत, तिर्थराज थनेत लगाएत विभिन्न संघ सस्थाका प्रतिनीधिहरुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सचिव दूर्गा केसीले राख्नु भएको कार्यक्रमको सञ्चालन मनिलाल महतोले गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया