देबचुली नगरपालिकामा रहेका बालक्लवका अध्यक्षहरुलाई तालिम

दिपक शर्मा,नवलपरासी
देबचुली नगरपालिकामा रहेका बालक्लवका अध्यक्ष एवम अन्य पदाधिकारीहरुलाई बाल अधिकार,बालमैत्री स्थानीय शासन र बालक्लव ब्यवस्थापनको बारेमा सहजिकरण गरिएको छ । देबचुली नगरपालिकाको सहयोगमा र देबचुली नगर स्तरिय बाल सँजालको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन समारोह नगर बाल सँजालका अध्यक्ष अर्मान मिया एवम प्रमुख अतिथीको रुपमा देबचुली नगरपालिकाका निमित्त कार्यकारी अधिकृत एवम लेखा प्रमुख र अन्य अतिथीहरुमा देबचुली नगर बालमैत्री स्थानीय शासन समितीका सदस्य सचिब बालकृष्ण भुषाल,बालमैत्री परामर्शदाता खिमानन्द भुषाल,युनिसेफ नेपालका बालमैत्री परामर्शदाता शर्मीला पौडेल,बालमैत्री स्वयमसेवक बिधा पौडेल एवम जागृति बाल तथा युवा सरोकार नेपालका महासचिब दिपक शर्मा रहनुभएको थियो । कार्यक्रममा देबचुली नगरपालिकाका ६० भन्दा बढी बालक्लवका पदाधिकारीहरुको उपस्थित रहेको थियो । कार्यक्रममा बाल अधिकारको ऐतिहासिक पृष्ठभुमी र यसका पक्षका बारेमा, बालमैत्री स्थानीय शासनको अबधारणा,महत्व,बालबालिकामाथी गरिने लगानीको प्रभाव,बालक्लव भनेको केहो ? बालक्लव किन बालबालिकाहरुको लागि महत्व रहेको छ ? बालमैत्री स्थानीय शासनका सुचकहरु र देबचुली नगरपालिकाको यसको अबस्था र बालबालिकाहरुको भुमिका ,बालक्लवको ब्यवस्थापन,बालक्लबको बैठक सञ्चालन कसरी गर्ने,कार्ययोजना कसरी निर्माण गर्ने भन्ने बारेमा दिपक शर्मा, खिमानन्द भुषाल र शर्मीला पौडेलले सहजिकरण गर्नुभएको थियो । देबचुली नगरपालिकालाई यही भदौ ९ गतेका दिन घोषणा गर्ने गरि कार्ययोजना निर्माण गरि बिबिध कार्यक्रमहरु सञ्चालन गरिएको छ ।
तपाइँको प्रतिक्रिया