देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा टंकनाथ पौडेल

चितवन १० , देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा टंकनाथ पौडेल चयन हुनु भएको छ आइतवा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट दुई वर्षे कार्यकालका लागि पौडेललाई अध्यक्षमा चयन गरिएको हो । पौडेल यसअघि समितिको सदस्य पदमा रहेर दुई कार्यकाल काम गरिसक्नु भएको छ । पौडेल मुल्यांकन संमितिको निवर्तमान संयोजकका समेत हुनुहुन्छ । अध्यक्ष भएपछि पौडेलले देवघाटधामको महत्वलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराई देवघाटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आफुले आफ्नो कार्यकालमा सक्दो पहल गर्ने बताउनुभयो । उहाँले देवघाटलाई अन्य धार्मिक क्षेत्र भन्दा फरक व्यवस्थित गराउने समेत प्रतवद्धता व्यक्त गर्नुभयो । समितिको यसअघि अध्यक्षमा सैलेन्द्र कुमार पिया हुनुहुन्थ्यो । उहाँको कार्यकाल सकिएसँगै पौडेललाई अध्यक्षमा नियुक्त गरिएको हो ।
तपाइँको प्रतिक्रिया