देवचुलीमा उद्यमशिलता र स्वरोजगार सम्बन्धी युवा परामर्श कार्यक्रम

माघ २५ , देवचुली
नवलपुरको देवचुलीमा शनिबार उद्यमशिलता र स्वरोजगार सम्बन्धी युवा परामर्श कार्यक्रम भएको छ । कार्यक्रमलाई यूवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय यूवा परिषद नेपालले आयोजना गरेको हो भने जागृति बाल तथा युवा सरोकार नेपालले समन्वय गरेको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिब दिपक शर्माले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकीय अधिृकत डा. बाबुराम ढुङ्गनाले समृद्ध नेपाल बनाउनको लागि युवाहरु जाग्नुपर्ने बताएका छन् । मुलुकलाई समृद्ध र विकास तर्फ लैजानको लागि युवाहरु जागरुक हुनुपर्ने भन्दै ढुङ्गनाले युवाहरु कृषि प्रबद्र्धन, पर्यटन प्रबद्र्धन, उद्योमशिलता, वातावरण संरक्षण, लैङ्गिक हिंसा र स्वास्थ्य तथा खेलमा युवा परिचालन गर्नु पर्ने बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय तथा शिक्षा इकाई प्रमुख कृष्णचन्द्र पोखरेल, जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल लगायतले बोलेका थिए । कार्यक्रममा प्रतिमा आचार्य, सन्तोषी भुर्तेल, रेजीना घर्ती, रिता राई मगर, चिनमाया सारु, स्वास्तिका भण्डारी, मधु देवकोटा गरि ७ जना किशोरीहरुलाई छात्रवृती समेत वितरण गरिएको थियो ।
तपाइँको प्रतिक्रिया