देवचुली नगरपालीकामा चुनाबी माहोल , को–को कांग्रेसका उम्मेदवार

गैडाकोट ९ , नवलपरासीमा कांग्रेसका मेयर उम्मेदवारको टिकट वितरण गर्न पार्टीलाई सकस भएको छ । जिल्लाको ७ नगरपालिका र ८ वटा गाउँपालिका गरि कुल १५ वटै स्थानिय तहमा योग्य उम्मेदवारको ताँतीले पार्टीलाई टिकट वितरण गर्न कठिनाई भएको छ । जिल्लाको देवचुली नगरपालिका र गैडाकोटमा कांग्रेसका महामन्त्री डाक्टर सशांक कोईराला (संस्थापन पक्ष), र शेरबहादुर देउवाको गरि दुई गुटमा टिकट वितरण हुने अनुमान गर्न सकिन्छ । देवचुली महामन्त्री कोईरालाकै निर्वाचन क्षेत्रमा परेपनि देउवाको उम्मेदवारको पनि तेतिकै रहेको देखिन्छ । देवचुली नगरपालिकामा शेर बहादुर देउवाको तर्फ मेयर पदका मुख्य सम्भावित उम्मेदवार अशोक बस्ताकोटी एक्लो मात्र रहनु भयको छ भने कोईरालाको तर्फबाट पुर्ण कुमार श्रेष्ठ, देवी प्रसाद खनाल, धर्मा बस्याल र डिल्लीराम कडरिया आकांक्षी देखिएका छन् । यि पांच मेयरका उम्मेदवार मध्ये लोकप्रिय र प्रसिद्ध सबै उम्मेदवार रहेकोले को जान्छन भन्नेमा कडा प्रतिक्षका साथ स्थानियले नियालि रहेका छन । त्यस्तै उप मेयरमा देउवा बाट रेनुका न्यौपाने, लक्ष्मी बस्ताकोटी छन् भने कोईराला बाट शान्ती तिवारी, निर्मला कण्डेल र शारदा पौडेल आकांक्षी देखिएका छन् । जिल्ला प्रदेश नंं ४ र प्रदेश नं. ५ गरि दुईप्रदेशमा विभाजित छ । हाल प्रदेश नंं ४ मा पर्ने नवलपुर क्षेत्रमा ४ नगरपालिका र ५ गाउँपालिका पर्दछन् भने प्रदेश नं. ५ परासी क्षेत्रमा ३ नगरपालिका र ३ गाउँपालिका परेका छन् ।
तपाइँको प्रतिक्रिया