देवचुली वडा नं १७ फारमचोकबाट नगद सहित ५ जुवाडे पक्राउ

गैँडाकोट, ८ कार्तिक ।
नवलरासी (पूर्व) देवचुली नगरपालिका वडा नं १७ फारमचोकबाट नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन् । फारमचोकका नौलसिंह घर्तीमगरको घरमा जुवातास खेलीरहेको अवस्थामा नगद २९ हजार ८ सय १० रुपैया सहित तिन बुक ताल समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा जि.नवलपरासी (पूर्व) देवचुली न.पा.वडा नं.१७ बस्ने बर्ष ५०को नौलासिंह घर्तीमगर, सोहि ठाँउ बस्ने बर्ष ३५को चित्र ब.मगर, ३२ को अजय उपध्याय, बर्ष ५१ को भिमसिंह गुरुङ, बर्ष ४७ को टुक ब.गुरुङ पक्राउ परेका हुन् । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी प्र.ना.उ. दिलिप कुमार गिरी जानकारी दिनु भयो ।
तपाइँको प्रतिक्रिया